अर्घाखाँची निर्वाचन क्षेत्र नं. १ “प्रदेशसभा-क”को कांग्रेस सभापति पदमा शोभाखर खनालले उम्मेदवारी दिने


लिलामणि पोखरेल
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर  ३ खनदहका वार्ड अध्यक्ष शोभाखर खनालले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचन क्षेत्र नम्बर १ (प्रदेशसभा–क) को सभापति पदमा उम्मेदवारी दिने भएका छन् ।
खनालले आगामी कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचन क्षेत्र नम्बर १ (प्रदेशसभा–क) को सभापति पदमा उम्मेदवारी दिने भएका तयारी गरेका हुन् ।     
स्थानीय तहको उपचुनावमा कम्युनिष्टको लालकिल्लाको रुपमा रहेको गाउँमा वडाअध्यक्षमा चुनाव जितेर अर्घाखाँची सहित देशभर चर्चा बटुले । मालारानी ३ नम्बर वडामा चुनाव जितेपछि कुशल, सक्षम, निडर, बौद्धिक र जनताको मन जित्न सक्ने नेताको रुपमा उनी कांग्रेस वृत्तमा परिचित छन् ।
नेपाली कांग्रेस मालारानी गाउँपालिका संयोजक खनाल कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचन क्षेत्र नम्बर १ (प्रदेशसभा–क) को सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । यस अघि क्षेत्रीय सचिव समेत भएर काम गरेका खनाल आउँदो महाधिवेशनमा क्षेत्रीय सभापति भएर काम गर्ने बताएका छन् । ‘धेरै नेता र कार्यकर्ताले मलाई क्षेत्रीय सभापति भएर काम गर्न सुझाव दिएका छन्,’ खनालले भने, ‘सबैसँग परामर्श गरेर सबैलाई मिलाएर नै पाटी संगठन हाँक्छु । पाटीलाई मजबुद बनाउँछु ।’
१२ महाधिवेशनमा आफु क्षेत्रीय सचिव भएर काम गरेको र १३ औं महाधिवेशनमा फर्केर वडा सभापति भएर संगठन निर्माणको काम गरेर मालारानी गाउँपालिकाका वडा नम्बर ३ मा ३२ वर्षको कम्युनिष्ट किल्लालाई तोडेर आफु वडा अध्यक्षमा निर्वार्चित हुन सफल भएकाे उनले बताए । वडा र पालिका, क्षेत्रमा गरेको पाटी संगठनको कामले नै क्षेत्रीय सभापति बन्ने आधार रहेको खनालको भनाई छ । ‘म नेतृत्व गर्न सक्षम छु, जनताको सुख दुःखमा साथ दिन सक्छु,’ खनालले भने, ‘संगठनमा जतिबेला पनि समय दिन सक्ने, सशक्त तरिकाले पाटीको काममा अगाडी बढ्न सक्छु । क्षेत्रीय सभापति भएर पूर्वसहित पश्चिममा पनि कांग्रेसको जनाधार बलियो बनाउँछु ।’
आउँदो स्थानीय र संघीय चुनावमा मालारानी सहित अन्य पालिकालाई पनि कांग्रेसमय बनाउन आफु लागि पर्ने उनले बताए । सबै राजनीति दलसित समन्यव गरेर क्षेत्रको विकास गरिनेछ । गाउँमै कृषि तथा अन्य उद्यमबाट बेरोजगार युवालाई उद्यमशीलतामा जोडेर स्वरोजगार उन्मुख बनाउन आफु लागि पर्ने खनालको तर्क छ ।
कांग्रेसका १४ औं महाधिवेशन भदौं १८ गते वडा अधिवेशन, २७ गते गाउँ र नगरपालिका अधिवेशन, असोज १ गते प्रदेश क्षेत्र अधिवेशन, असोज ५ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, असोज १० गते जिल्ला अधिवेशन, कार्तिक ९ देखि १२ प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।
-मालारानी गाउँपालिका वार्ड नं- ३ का वडाअध्यक्ष शोभाखर खनालसँग बिशेष अन्तरवार्ता (वार्ड नं-३)