अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कृयाशिल संघ संस्थाका प्रमुख तथा प्रतिनिधि बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला का कृयाशिल संघ संस्था हरुका प्रमुख तथा प्रतिनिधि हरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रजिअ पौडेलले सरकार एउटा जिम्मेवार संस्था हो भने सामाजिक संघ संस्थाहरु सरकारको सहयोगी संस्था भएको उल्लेख गर्दै सामाजिक संघ संस्थामा काम गर्ने हरु बिकास र समृद्धिको क्षेत्रमा मात्र नभइ बिनास र बिपदका बेलामा पनि सकृय भुमिका निर्बाह गर्न आह्वान गर्नु भयो।
जिल्लामा कार्यरत केही संस्थाहरुले आफ्नो संस्थामा कार्यरत कर्मचारीहरुलाई बाह महिनाको हाजिर गराई दस महिनाको तलब बुझाउने गरेको भन्दै त्यस्तो संस्थालाई कार्बाहिको दायरामा ल्याइएको समेत जानकारी गराउनु भयो।
जिल्लामा केही संघ संस्थाहरुले समयमै नवीकरण नगराउने नवीकरणको म्याद सकिएपछि पावरको प्रयोग गरि नवीकरण गराउन खोज्ने जस्ता समस्या उल्लेख गर्दै जो कसैलाई पनि छुट नदिइने प्रतिबद्धता ब्याक्त गर्नु भयो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्री साहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल नायब सुब्बा फर्सुराम पान्डे लगायत को उपस्थित रहेको थियो ।