अर्घाखाँचीमा चर्को शुल्क लिने विद्यालयहरुलाई भौतिक कारबाही गर्ने विप्लव अखिल क्रान्तिकारीको चेतावनी, जिल्लाभर प्रर्दशन


प्रकाश भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सात वटा समुदायिक विद्यालयमा विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी) ले चर्को शुल्क लिएको भन्दै कालो ब्यानर टागेर बिरोध प्रर्दशन गरेको छ।
जिल्लाको सन्धिखर्क लगायतका सात वटा समुदायिक बिधालयमा अखिल (क्रान्तिकारी) ले चर्को शुल्क लिएको भन्दै कालो ब्यानर टागेर बिरोध प्रर्दशन गरेको हो । 
जिल्लाका जनज्योती मावि चुत्राबेसी, युवाबर्ष रविचित्र मावि हटारी नेटा, महेन्द्र विद्यावोध मावि छत्रदेव, विश्व मावि ढाकावाङग, शिद्धार्थ मावि रतनमारे शान्ती मावि वाँगी, शिवमदन मावि नरपानी लगाएतका विद्यालयमा कालो ब्यानर राखेको बताएका छन् । 
   
शिक्षा क्षेत्रमामा चर्को रकम असुली तथा विद्यार्थीका माग सम्बोधन नगरेको भन्दै अखिल क्रान्तिकारी अर्घाखाँचीले कालो ब्यानर टागेर बिरोध प्रर्दशन गरेको बताएको छ । 
अखिल क्रान्तिकारी अर्घाखाँचीले विद्यार्थीबाट क्यारेक्टर सर्टिफिकेटको चर्को शूल्क लिएकोले, सरकारी विद्यालयमा राज्यले १२ सम्म निशुल्क शिक्षा भने पनि चर्को शूल्क अशूल गरेकोले, सरकारी विद्यालयलाई बिस्तारै निजिकरण गर्ने प्रयास गरेकोले, राजनितिक आडमा विद्यालय प्रशासन विद्यार्थीहरुको माग प्रति गम्भिर नभएकोले, भवन निर्माग गर्दा आर्थिक अनियमितता गरेकोेले, श्री बिश्व माध्यमिक बिधालयको बिगत ७ बर्ष देखीको हिसाब सार्बजानिक गर्न लगायतका बुँदाहरु राख्दै कालो ब्यानर राखेको छ ।
यस्तै जिल्ला ईन्चार्ज नविन खड्काले यो दोस्रो  चरणको आन्दोलन भएको र आफुहरुले राखेका मागहरुमा गम्भिर नभए र बेवास्ता गरिएमा तेस्रो चरणको आन्दोलन कालो मोसो दल्ने सहितका भौतिक कारबाही गर्ने बताएका छन् ।