अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ भलायडाँडामा ( किमडाँडा मुनी) एक व्यक्ति ओछ्यानमा सुतेको अवस्थामा मृत फेला परेका छन् ।
किमडाँडा
छिमेकीको घर ओछ्यानमा सुतेका किमडाँडा मुनी भलायडाँडाका ५८ वर्षीय उम बहादुर कुमाल मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
उम बहादुर आफ्नै गाउँ भलायडाँडाका छिमेकी लिल बहादुर कुमालको घरमा सुतेकोमा मृत अवस्थामा फेला परेका थिए । मृतको कारण थाहा हुन सकेको छैन् ।
शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले डट्कमलाई बतायो ।