अर्घाखाँचीमा एमालेलाई ठुलो धक्का, पाणिनी गाउँपालिकाकी उपाध्यक्ष गौतमले एकीकृत समाजवादी रोजिन्

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमले नेकपा एमाले पार्टी परित्याग गरेकी छन् । उनी नवगठित नेकपा (एकीकृत समाजवादी)मा गएकी हुन् ।
नेकपा एमाले निकट अनेमसंघ अर्घाखाँचीकी बरिष्ठ उपाध्यक्ष रहेकी गौतमले ले आफू नेकपा (  एकीकृत समाजवादी ) मा रहेको ब्यहोरा सहित जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीमा सनाखत गरेकी छन् । जसले अर्घाखाँचीमा एमालेलाई ठुलो धक्का लागेको छ । 
यस्तै नेकपा एमाले लुम्बिनी प्रदेश सामान्य प्रशासन बिभाग सदस्य तथा पाणिनी गाउँपालिका वार्ड नम्बर ३ का निर्बाचित वार्ड सदस्य ओमप्रकाश भुसाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ की निर्बाचित महिला सदस्य शुमित्रा मुखियाले आफू नेकपा (  एकीकृत समाजबादी ) मा रहेको ब्यहोरा सहित सनाखत गरेका छन् । 
यस अघि बाँगीका एमाले वार्ड कमिटी अध्यक्ष समेत रहेका मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीका वार्ड सदस्य डाल बहादुर चौहानले आफू नेकपा (  एकीकृत समाजवादी ) मा रहेको ब्यहोरा सहित जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीमा सनाखत गरेका थिए । 
उता जिल्लामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई विभाजनपछिको दल रोज्न भदौ २२ गतेसम्मको समयसीमा दिएको छ।  
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जिल्लाका सबै ६ स्थानिय निकायलाई पत्रचार गरी भदौ २२ गतेसम्मको समयसीमा सनाखत गर्न अनुरोध गरेको हो । 
उता अर्घाखाँचीडट्कमलाई प्राप्त जानकारी अनुसार अहिलेसम्म नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट कोही पनि जनप्रतिनिधि जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीमा सनाखत गर्न आएका छैनन् । 
नेकपा एमाले विभाजन भएर माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतन्त्रिक समाजवादी पार्टी बनेका छन्। 
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार दल विभाजनसम्बन्धी अध्यादेश अनुसार उनीहरुलाई दल रोज्ने समयसीमा दिइएको हो। अध्ययादेश अनुसार दल विभाजनको २१ दिनभित्र दल रोज्न पाउने सुविधा छ। नयाँ दल रोज्ने प्रदेश सभा सदस्यले २२ गतेसम्म सम्बन्धित प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिले सन्धिखर्क स्थित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्नुपर्ने छ।