ठाडामा हाइस दुर्घट्ना हुँदा एक जनाको मृत्‍यु, १० जना घाइते ( सम्पूर्ण विवरण, भिडियो, तस्बिर सहित)

दीपेन्द्र पौडेल
ठाडा, अर्घाखाँची (अर्घाखाँची डट्कम ) । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडामा भएकाे हाईस दुर्घट्नामा एक जनाकाे मृत्‍यु भएकाे छ । भने १० जना घाईते भएका छन् ।

हिजो काठमाण्डाैदेखि अर्घाखाँची आउँदै गरेकाे लु १ ख ८६३९ नम्वरकाे हाईस शनिबार बिहान करिब ४: ५० बजे ठाडाको आर्मी क्याम्प नजिकै उरालो घुम्टीमा भएकाे हो ।
मृत्‍यु हुनेमा मृत्‍यु हुनेमा भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको डेभाका २८ वर्षिय संजय बि. क रहेका छन् ।
घटनामा घाईते हुनेमा  सन्धिखर्क ११ डिभर्नाकी १५ वर्षिया समीक्षा शाह, सन्धिखर्क २ चुत्राबेसीकी ३२ वर्षिया सीता मुखिया, मालारानी ५ बाँगीका ४१ वर्षिय गंगा बहादुर पन्थी, भूमिकास्थान १ ढाकावाङ पिपलनेटाका २७ वर्षिय श्याम बहादुर नेपाली, सन्धिखर्क १२ डिभर्नाका गाेविन्द बस्याल, सप्तरी जिल्ला खडक न. पा. ११ का राेहित कुमार शाह, भूमिकास्थान १ ढाकावाङ राजिमेका ३० वर्षिय लाेक बहादुर नेपाली र भूमिकास्थान ८ नुवाकोट लम्चीका ३० वर्षिय केशव खत्री रहेका छन् । दुर्घटनामा हाइस चालक भूमिकास्थान १ नुवाकोट करौदीका ३० वर्षिय    सुदन रायमाझी र सहचालक धारापानी गैराका टेकराज बन्जाडेकाे अवस्था सामान्य रहेकाे जनाईएकाे छ ।
गम्भिर घाईते लाेक बहादुर नेपाली र गाेविन्द बस्याल दुईजनाकाे तत्काल बुटवल रिफर गरिएकाे थियो । दुर्घटनामा परी घाइते हुने अन्यलाई पनि ठाडा स्वास्थ्य चौकिमा सामान्य उपचारपछि बुटवल रिफर गरिएको छ।
हाईसमा ११ जना सवार थिए । गाडी हाईवे सडकदेखि करिव ३०० मिटर तल खसेर रुखको झाडीमा अड्किएको छ ।
दुर्घट्नापछि घटनास्थलमा उद्वारका लागि नेपाल प्रहरी,नेपाली सेना स्थानियहरु खटिएका थिए। दुर्घट्नाको कारण खुल्न सकेको छैन् । घटनाको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।