सिद्धार्थ के.सी. | अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नामा गर्भवती आमाहरुलाई पोषण प्याकेज कार्यक्रमको शुरुवात भएकाे छ ।
डिभर्नाको स्वास्थ्य चौकीबाट गर्भवती आमाहरुलाई पोषण प्याकेज कार्यक्रमको शुरुवात भएकाे हो ।
पोषण प्याकेज कार्यक्रमको शुरुवात वार्ड अध्यक्ष धुर्ब आचार्यले गरेका थिए । उनले सबैभन्दा महत्त्वपुर्ण क्षेत्र स्वास्थ्य भएकाेले वार्डले जनताकाे सेवाका लागि स्वास्थलाई प्राथमिकतामा राखेकाे बताए ।
सोही कार्यक्रममा चार पटक ४,६,८र ९ महिनामा स्वास्थ्य चौकीमा गई नियमित गर्भजाच, आफ्नाे बच्चालाई पुर्ण खोप, २४ पटक वृद्धि अनुगमन, नयाँ गर्भवती आमा र २ बर्ष मुनिका बच्चाको स्वास्थ्य स्थीती सुपोषित बनाउने, सुत्केरी पश्चात ३ पटक स्वास्थ्य जाँच गरेबापत गर्भवती महिला र बच्चाको आमालाई प्रोत्साहन स्वरुप एक क्यारेट अण्डा, साबुन, नेलकटर, माक्स, टाबेल,न्यानो पछयाउरी र हौसला स्वरुप प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।