छत्रदेव गाँउपालिकामा अन्तराष्ट्रिय साक्षारता दिवसको अबसरमा वक्तृत्वकला तथा सम्मान कार्यक्रम सम्पन्न


ç
अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाँउपालिकामा ४२ औ शिक्षा दिवस एवं अन्तराष्ट्रिय साक्षारता दिवसको अबसरमा “कोभिड -१९ र शिक्षामा यसको प्रभाव” विषयमा माद्यामिक तह वक्तृत्वकला प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । 
छत्रदेव गाउँपालिकाले आयोजना गरेको “कोभिड -१९ र शिक्षामा यसको प्रभाव” विषयमा माद्यामिक तह वक्तृत्वकला प्रतियोगिता एवं शैक्षीक सत्र २०७७ मा  शिक्षक सेवावाट निवृत हुनुभएका शिक्षकहरुलाई सम्मान तथा शैक्षीक सत्र २०७७ मा आधारभूत तह एसईई कक्षा १२ मा उत्कृष्ट अङ्गक ल्याउने  विद्यार्थी र विद्यालयलाई सम्मान कार्यक्रम गरि मनाईयो हो । 
वक्तृत्वकला प्रतियोगितामा श्री सरस्वती माध्यमिक विद्यालय छत्रदेव-७ प्रथम, श्री चन्द्र माध्यमिक विद्यालय छत्रदेव-१ द्वितिय र श्री सरस्वती माध्यमिक विद्यालय छत्रदेव-८ सूर्यथुम तृतीय हुन सफल भएका थिए । 

अन्य समाचारहरु