अर्घाखाँचीमा एकीकृत समाजवादी निकट पिपुल्स भोलेन्टियरको जिल्ला अध्यक्षमा मनोज सापकोटा चयन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको पिपुल्स भोलेन्टियरको जिल्ला अध्यक्षमा  मनोज सापकोटा चयन भएका छन् ।
पिपुल्स भोलेन्टियर अर्घाखाँचीको जिल्ला अध्यक्षमा शनिबार  मनोज सापकोटा चयन भएका हुन् ।
नेपालगन्जमा सम्पन्न युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रदेश भेलाले मनोज सापकोटालाई पिपुल्स भोलेन्टियर अर्घाखाँचीको अध्यक्षमा चयन गरेको थियो । 
 नेकपा एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपाल प्रमुख अतिथिमा उक्त प्रदेश भेला सम्पन्न भएको छ । साथै केही दिनमा पिपुल्स भोलेन्टियर अर्घाखाँचीको कमिटी विस्तार गरिने बताइएको छ ।