छत्रदेव गाउँपालिकाभरका सबै विद्यालयहरू यही मंगलवारदेखि खुल्ने


अर्घाखाँचीडट्कम संवाददाता 
धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाभर बन्द गरिएका विद्यालयहरूमा भाद्र २९ गते मंगलवारदेखि भौतिक उपस्थिति गराई पठनपाठन शुरु हुने भएको छ । 
 छत्रदेव गाउँपालिकामा कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका सबै विद्यालयहरूमा भाद्र २९ गते मंगलवारदेखि भौतिक उपस्थिति गराई पठनपाठन शुरु हुने भएको हो । 
यहाँका सबै विद्यालयहरूमा सुरक्षाका सबै मापदण्ड पालना गरी एक बेन्चमा २ जना राखेर पठनपाठन शुरु गरिने छ ।
पाँच महिनापछि विद्यालयहरू जाँदा विधार्थीहरु उत्साहित देखिएका थिए ।  साथै विधार्थीहरुलाई दिदै आएको दिवाभोजलाई पनि निरन्तरता दिएको छ ।      
उता जिल्लाभर कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालयहरूमा भौतिक उपस्थिति गराई पठनपाठन शुरु गरेका छन् । 
वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्दै आएका स्थानीय तहले संक्रमण घट्दै गएपछि विद्यालय खोल्ने तयारी थालिएको बताएका छन् ।
जिल्लाका सबै पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले पनि स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गरेको बताएका छन् । 
जिल्लामा दोस्रो पटक गत वैशाख २१ गते मंगलवारदेखि निषेधाज्ञा जारी गरिएको थियो । 

अन्य समाचारहरु