दिपक भुसाल | अर्घाखाँचीडट्कम संवाददाता
सुपादेउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको प्रसिद्ध सुपादेउराली मन्दिरमा औपचारिक रुपमा पुजापाठ शुरु भएको छ ।
सुपादेउराली मन्दिरमा आज असोज १ गते शुक्रबार बिहानदेखि औपचारिक रुपमा पुजापाठ शुरु भएको हो । सुपादेउराली मन्दिर खुलेपछि भक्तजनहरू, तीर्थालुको चहलपहल बढ्न थालेको छ ।
मन्दिर ब्यबस्थापनका सचिब यादब घिमिरेका अनुसार स्वास्थ र शुरक्षा मापदण्ड अपनाई मन्दिर औपचारिक रुपमा खुला गरिएको छ । यस्तै विश्वकर्मा पुजाको अवसरमा मोटर साइकल, ट्याक्सी, टिप्पर, बसहरु सवारी साधन सिगारेर पुजाआजा गरेका थिए।
गत वैशाख २१ गते मंगलवारदेखि सुपादेउराली मन्दिर बन्द रहँदै आएको थियो ।
उता अर्घाखाँची जिल्लाभरका धार्मिक मन्दिर तथा धार्मिक पर्यटकीय स्थलहरु भाद्र २९ गते मंगलवारदेखि खुलेका थिए ।