अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेकपा (एकीकृत समाजवादी) ले पार्टी कार्यालय उद्घाटन तथा कमिटी रुपान्तरण कार्यक्रमको आयोजना गरेको छ ।
वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले बिद्रोह गर्दै नेपाल नेतृत्वको नयाँ पार्टी एकीकृत समाजवादीले पार्टी कार्यालय उद्घाटन तथा कमिटी रुपान्तरण कार्यक्रमको सन्धिखर्कमा शनिबार आयोजना गरेको हो ।
कार्यालयको एक समारोह बिच एकीकृत समाजबादीका केन्द्रिय पोलिट्ब्युरो सदस्य डा. बिजय पौडेलले उद्घाटन गरेका थिए । पार्टी कार्यालय उद्घाटन तथा कमिटी रुपान्तरण कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहानले कम्युनिष्टको नाममा एमाले नामको पाटी र सुर्य चिन्ह कलंक भएपछि एमालेबाट विद्रोह गरेको बताए । क्रान्तिकारी सबै एक ठाउँ भएर असली कम्युनिष्ट पाटी निर्माण गर्न विद्रोह गरेर अगाडी बढेको बताए ।
चौहानले अहिलेसम्म जिल्लामा भूमिगत रुपमा संगठन गरेको र विद्रोहको पक्षमा जनलहर बढ्दो रहेको उनले दावी गरे । समाजवादी पाटीको संगठन जिल्लामा पहिलो हुने दावी गरे । सन्धिखर्कमा समाजवादी पाटीका कार्यकर्ता उपस्थिति छन्
कार्यक्रममा नेता कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको छ । करिब १ हजार जना नेता कार्यकर्ताको उपस्थितिमा कार्यलय उद्घाटन गरिएको छ ।
पाटी कार्यालय उद्घाटन गर्न समाजवादी पाटीका पोलिटब्युरो सदस्य डा. विजय पौडेल, युवा नेता राजु गुरुङ, पिताम्बर भुसाल, लक्ष्मी गौतम लगायतका नेताहरु सहभागी छन् ।
उद्घाटन र कमिटी रुपान्तरण कार्यक्रममा सोचेभन्दा धेरैको उपस्थिति रहेको र आउने क्रम जारी रहेको अनेरास्ववियू स्थायी कमिटी सदस्य आकाश खनालले जानकारी दिए।
कार्यक्रमको प्रमुख आतिथ्यता डा. बिजय पौडेल गरिरहेका छन् भने केन्द्रिय सदस्य जालपा भुसाल युवा नेताहरू राजु गुरुङ, मोहन गौतमलगायत सहभागि छन् ।
उता एमालेले गत भाद्र २९ गते मंगलवार ७ सय भन्दा कम कार्यकर्ताहरु जम्मा गरेर भेला सम्पन्न गरेको थियो । एकीकृत समाजवादीले आज गरेको कार्यक्रममा पनि एमाले बराबरी कार्यकर्ताहरु उपस्थिती रहेको देखिन्छ । कार्यालय उद्घाटन तथा कमिटी रुपान्तरण जस्तो सामान्य कार्यक्रममा यति धेरै उपस्थिती हुनु भनेको अर्घाखाँचीमा एमाले फुटको ठुलो असर परेको देखिन्छ ।