हरि कुँवर | नविन केसी
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खनदहमा मालारानी गाउँपालिकामा नेकपा एमाले कमिटीको बैठक सम्पन्न भएको छ ।
मालारानी गाउँपालिका कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य नरेन्द्र कुमार क्षेत्रीले माधवकुमार नेपाल प्रतिक्रियावादीको मतियार भएको बताउनु भएको छ ।
विशेष अतिथी रहनु भएका क्षेत्रीले कम्युनिस्ट बिरोधि शक्ति केन्द्रको उक्साहटमा पार्टी फुटाएर माधव नेपालले आफ्नो असली रुप देखाएको बताउनु भयो । अदालतको भुमिका नेकपा एमाले बिभाजन गर्ने मनोशाय अनुसार काम गरेको बताउनु भयो । नेकपा एमाले नेतृत्वको केपि वलि सरकारले ल्याएका बिकासका योजनामा सरकारले अबरोध सिर्जना गरेर बिकाशको बाधक बताउनु भयो ।
नेकपा एमाले मालारानी गाउँपालिका कमिटीका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षता ,सचिब नारायण प्रसाद आर्यालको संचालनमा सम्पन्न कार्यक्रममा वडा कमिटीको तर्फबाट वडा नं.१ बाट दधिराम आचार्य ,२ बाट प्रेम पछाई ,३ बाट दण्डपानी पोख्रेल ,४ बाट खिमा खनाल,५ बाट मुनाल खड्का ,६ बाट ऋषि थापा ,७ बाट बिस्णु मिश्र ,८ बाट गगा बिक ,९ बाट योगेन्द्र खनालले रिपोर्टिङ गर्नुभएको थियोे ।
बैठकले पालिकामा नेकपा एमाले अन्य दलको तुलनामा निक्कै बलियो र सुदृढ रहेको निश्कर्ष निकाल्दै थप योजनाका साथ संगठन निर्माणको निम्ति जनता बीच जाने निर्णय गरेको नगर सचिव नारायण प्रसाद आर्यालले बताउनु भयो ।
बैठकमा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य जनार्दन खनाल , बाल्कृस्ण आचार्य , प्रमिला क्षेत्री लगायतले मन्त्ब्य राख्दै जनप्रतिनिधि र पार्टी बिच सुमधुर सम्बन्ध राख्नु पर्ने भन्दै जनप्रतिनिधिले गरेका कामहरु जनताको बिचमा लैजानु पर्ने बताउनु भयो । बैठकमा नेकपा एमालेका जिल्ला कार्यालय सचिब लिल बहादुर बि.कले पार्टी जिल्ला कमिटीको सर्कुलर बाचन गर्नु भएको थियोे ।