अर्घाखाँचीमा २ जना कैदीले संविधान दिवसको अवसरमा माफी पाए


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लामा २ जना कैदीले संविधान दिवसको अवसरमा माफी पाएका छन् । जसमध्ये  एक महिला, एक पुरुष  रहेका छन् । 
पुरुष मध्ये ठाकुर बि सी भनेर चिनिने ठग बहादुर भाट क्षेत्री आगो लगाउने मुद्दामा  चार बर्ष तोकिएकोमा तीन बर्ष अर्घाखाँची जिल्ला कारागारमा  कैद भुक्तानी गरिसकेको एक बर्षको माफी दिईएको हो । 
यस्तै महिला मध्ये बसुन्धरा भुसाल कर्तव्य ज्यान मुद्दामा छ बर्ष तोकिएकोमा तीन बर्ष कैद भुक्तानी गरिसकेको तीन बर्ष माफी दिईएको छ  ।