अर्घाखाँचीबाट संविधान दिवसकाे अवसरमा ५ जना विभुषित भए (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाबाट संविधान दिवसकाे अवसरमा  ५ जना विभुषित भएका छन् ।
बाँयाबाट  लेखनाथ पाेखरेल, नारायण खत्री, विमला  शर्मा, सुरज टन्डन  र  कृष्ण प्रसाद आचार्य
संविधान दिवसकाे अवसरमा छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पाेखरेल, छत्रदेव गाउँपालिका वार्ड नम्बर १ छत्रदेवका कृषि बिकास बैंक लिमिटेड मुख्य कार्यालय काठमाडौका वरिष्ट शाखा प्रमुख डा. सुरज टन्डन, सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटका गृह मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत नारायण खत्री,   भुमिकास्थान नगरपालिका वार्ड नं ८ नुवाकोटकी  नेपाल संस्कृत विश्वबिधालयका सहप्राध्यापक डा. विमला  शर्मा  र सन्धिखर्कका जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा नायव सुब्बा पदमा कार्यरत कृष्ण प्रसाद आचार्य गरी ५ जना विभुषित भएका हुन् ।
छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पाेखरेल सुप्रवल जनसेवाश्री पदकबाट विभुषित भएका छन् । छत्रदेव गाउँपालिका वार्ड नम्बर १ छत्रदेवका कृषि बिकास बैंक लिमिटेड मुख्य कार्यालय काठमाडौका वरिष्ट शाखा प्रमुख डा. सुरज टन्डन प्रबल जनसेवाश्री पदकद्वारा बिभुषित भएका छन् । गृह मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत नारायण खत्री पनि प्रवल जनसेवाश्री पदकबाट विभुषित भएका छन् । 
साथै नेपाल संस्कृत विश्वबिधालयका सहप्राध्यापक डा. विमला शर्मा प्रवल जनसेवाश्री पदकबाट विभुषित छन् । त्यस्तै सन्धिखर्कका जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा नायव सुब्बा पदमा कार्यरत कृष्ण प्रसाद आचार्यपनि जनसेवाश्री पदकबाट सम्मानित भएका छन् ।