अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका नेता सुर्य प्रसाद अधिकारीले आसन १४ औ महाधिवेशनमा अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा चुनाबमा भिड्ने घोषणा गरेका छन् ।
नगरपालिकाका प्रमुख तथा कांग्रेसका नेता सुर्य प्रसाद अधिकारीले आसन १४ औ महाधिवेशनमा अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा चुनाबमा भिड्ने घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसलाई नयाँ दिशा दिन सक्ने आफुमा ताकत भएको र अर्घाखाँचीको कांग्रेसलाई नमुना काङ्ग्रेस बनाउने नयाँ सोच र जिम्मेवारी आफू समक्ष आएको भएता पनि सबैलाई समेटर काङ्ग्रेसलाई एक ढिक्का बनाउन पर्ने परिस्थिति सिजर्ना भएकोले आफू यसपाली महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने सोच बनाएको उनले बताए ।
नमुना काङ्ग्रेसको स्थापनाको लागि स्पष्ट सोच भएको युवा नेतृत्वलाई चुन्नका लागि सम्पुर्ण परिवर्तनशिल काङ्ग्रेस कार्यकर्ताहरु समक्ष आफुलाई महाधिवेशन प्रतिनिधिमा भोट दिई बिजय बनाउन पनि आग्रह गरेका छन् ।