प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश प्रदेश सभा `ख´ क्षेत्र नं. २ अर्घाखाँचीको सचीव पदका लागि सुरज रायमाझीले आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् ।
विगत लामो समयदेखि नेपाल विद्यार्थी संघमा रही सकृय विद्यार्थी नेताको भुमिका निर्वाह गरिरहेका रायमाझी बौद्धिक, सालिन र इमानदार युवा नेताको रूपमा परिचित छन । नेपाल विद्यार्थी संघ अर्घाखाँचीका पुर्व उपाध्यक्ष तथा हाल नेपाली काङ्ग्रेस अर्घाखाँचीका जिल्ला युवा विद्यार्थी विभाग सदस्य रायमाझी अर्घाखाँचीका दर्जन भन्दा बढी सामाजिक संघ संस्थामा नेतृत्व दायी भुमिकामा रहि अनवरत रुपमा सामाजिक सेवामा सक्रिय रुपमा काम गरिरहेको अनुभव उनी संग छ ।
नेपाल विद्यार्थी संघको तर्फबाट पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँचीको स्ववियु सभापति र नेपाल विद्यार्थी संघ अर्घाखाँची अध्यक्षको सबै भन्दा बलियो उम्मेदवार हुँदा जिल्ला पार्टीको अनुरोधमा उनको उम्मेदवारि फिर्ताले रायमाझी जितलाई पनि छोडन सक्ने त्यागी नेताको रुपमा पनि परिचित छन । उनको उम्मेदवारी फर्तालाइ २०७३ सालको स्थानीय निर्वाचनमा अर्घाखाँचीमा नेपाली काङ्ग्रेस र माओवादी बिच भएको चुनावी तालमेलको आधार भएको सबै नेता कार्यक्रता स्वीकार गर्दछन । जस्ले गर्दा रायमाझी आफुलाई अर्घाखाँची काङ्ग्रेस भित्र बलियो युवा नेता को रुपमा स्थापित गरिसकेका छन् ।
जनता बलियो भए मात्र कांग्रेस बलियो हुने हुँदा नेता मुखी बाट जनता मुखी कांग्रेस बनाइ जनतालाई कांग्रेस मेरो पार्टी हो भन्ने भरोसा योग्य पार्टी बनाउन आफु क्षेत्रीय सचीव हुन लागेको बताए । कांग्रेसको पाका पुस्ता र युवा पुस्तालाई जोडने सहजकर्ता को रुपमा भुमिका खेली नेतृत्वमा युवालाइ स्थापित गरि शसक्त, संगठित र सबल कांग्रेसक बनाउनु आफ्नो पहिलो काम हुने उनको भनाइ छ ।