अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आणविक अस्त्र रहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि सिघ्र अनुमाेदनकाे माग गर्दै प्रदर्शन भएको छ ।
सन्धिखर्कमा मंगलवार मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीको आयोजनामा आणविक अस्त्र रहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि सिघ्र अनुमाेदनकाे माग गर्दै प्रदर्शन भएको हो ।
आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैनन ।’ भन्ने नारासहित विश्वका आणविक होडमा रहेका देशहरुलाई दबाब दिने प्रदर्शन भएको छ ।
अधिकारकर्मीहरुले युद्ध रोकौ, शान्ति प्रवद्घन गरौँ, युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ,युद्ध निषेध, शान्ति विशेष, आणविक अस्त्र चाहिँदैन,शान्ति मास्न पाईदैन लगायतका प्ले कार्ड सहित सडकमा प्रदर्शन गरेका थिए ।