ओली सरकारले नियुक्त गरेका पासाङ ल्हामु शेर्पाकी छोरीदेखि युवराज खतिवडा लगायत सबै राजदूतलाई फिर्ता


अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं । नेपाल सरकारले अघिल्लो केपी ओली सरकारले नियुक्त गरेको सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले राजनीतिक रूपमा नियुक्त गरेका सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उक्त निर्णयसंगै महेन्द्रबहादुर पाण्डेय (चीन),डा. वंशीधर मिश्र (बंगलादेश),नारदमुनि भारद्धाज (कतार),युवराज खतिवडा (अमेरिका),अञ्जान शाक्य (इजरायल),उदयराज पाण्डे (मलेसिया),दावाफूटी शेर्पा (स्पेन),डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका), नीलाम्बर आचार्य (भारत) र लोकदर्शन रेग्मी (बेलायत) फिर्ता हुने भएका हुन् ।