रुद्रमणि भुसाल
वाङ्गला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा घर तथा घरपरिवारको सुचिकरणको फारम भर्ने काम तीव्र गतिमा अगाडि बढेको पाइएको छ ।
भदौ ३० गतेबाट देशभर सुरुभएको घर तथा घरपरिबारको सुचिकरणको फारम भर्ने काम असोज १८ गते सम्पन्न गर्ने लक्ष्य रहेको जिल्ला जनगणना कार्यालय अर्घाखाँचीले बताको छ । जिल्लामा २८१ गणना क्षेत्र बनाएर ७४ जना सुपरिबेक्षक परिचालन गरिएको छ ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले आज वाङ्गलामा सुपरिबेक्षकले गाउँमा घरपरिबारको सुचिकरणको फारम भर्ने काम कस्तो किसिमले अगाडि बढेको छ । भन्ने बिषयमा स्थानियसगं सोधपुछ गरेको छ । सुपरिबेक्षकहरुले घरमै पुगेर घर सख्या ,घरको आकार बनेको बर्ष , घरपरिवारमा अक्सर बसोबास गर्ने संख्या, महिला पुरुष ,घरपरिवारले भोकचलन गरेको खेतियोग्य जमिन पशुपन्छि पालेको संख्या, बैक खाता भएनभएको कुरा फारममा भर्ने जिल्ला जनगणना अधिकारी धन बहादुर बि सीले बताउनु भयो ।
अर्घाखाँचीमा अहिले सम्म १० हजार घरधुरीको बिवरण फारममा भरि सकिएको कर्मचारी नारायण दमासेले जानकारी दिनु भयो । अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल , जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरिक्षक अम्बर बहादुर थापा , अनुसन्धान अधिकृत बिनय चतुबेदी ,नेपाल पत्रकार महासंघकका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल,प्रशासनमा कार्यरत कर्मचारी पोमनारण कुवँर लगायतको सहभागिता रहेको थियो ।
दोस्रो चरणमा कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सबै घरपरिबारमा गणक पुगेर परिवारको बिस्त्रित विवरण संकलन गर्ने छ ।