अर्घाखाँचीमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकाे जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा खनाल निर्वाचित


नवीन रसाइली 
सन्धिखर्क, अर्घाखाँची । निःशुल्क ब्यवहारिक र बैज्ञानिक शिक्षाको सुनिश्चिताका लागी हाम्रो आन्दोलन, समृद्धि जिल्ला समाजवादको पक्षमा २५ औं जिल्ला सम्मेलन् भन्ने मुलनाराका साथ नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वबियू (क्रान्तिकारी) अर्घाखाँचीकोे २५ औ जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न भएको छ । 
सम्मेलनको उदघाटन गर्दै अखिलका केन्दि«य कमिटी सचिब नारायण खनालले परिबर्तनका हरेका आन्दोलनमा बिधार्थी संगठनको अग्रणी भुमिका रहेको बताउदै बिधार्थीको साझा सवालमा संगठन सधै लागीपरेको बताए । सचिव खनालले भने, बिधालय देखी बिश्वबिधालय सम्मकोे शिक्षाको आमुल परिबर्तमा हामी लागेका छौ, बैज्ञानिक ब्यवहारिक तथा प्राबिधिक शिक्षा आजको आबश्यकता हो, । उनले भने ।
सम्मेलनमा नेकपा माओवादी केन्दिय सदस्य शुशिला श्रीपालीले बिद्यार्थी आन्दोलन सधै गतिशिल हुने बताउदै सम्मेलन सफलताको शुभकामना ब्यतm गर्नु भएको थियो ।
सम्मेलनमा प्रदेश सदस्य,छमकुमारी खनाल, वाईसियल नेपालका केन्दि«य सदस्य ठाकुर सौराग, अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेश सह संयोजक,  पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
सम्मेलनले सुदिप खनालको अध्यक्षतामा ३५सदस्य सर्वसम्मत जिल्ला कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा बावुराम रसाईली, बसन्त बिक, मिलन पाण्डे, सचिबमा राजेन्द भुसाल र सह सचिवमा मनिसा जिसी, माधव बेल्वासे, र कोषाध्यक्षमा जीवन खनाल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा डा। दोबिन भुसाल, जुना पान्डे, यलिशा पान्डे, युबराज न्यौपाने, अबिना शारु मगर, आश गाहा मगर, बिष्णु पान्डे, सन्तोष बस्नेत, बिनोद खड्का, सुजन खनाल, लक्ष्मण उचाई युबराज खनाल, बिक्रम नेपाली, सन्दीप पान्डे, सुशील खत्री, अभिषेक परियार, प्रकाश भट्टराई, सपना बिक, सुस्मिता श्रेष्ठ, आयुस बिक, अर्जुन चुँदाली, अबिनास अधिकारी, सन्ध्या पान्डे, सागर बिक, सिवानी श्रेष्ठ, बिपिन भट्टराई, दिपक पन्थी र कृतिमा पोख्रेल गरी जम्म ३६ सदस्य गठन गरिएको छ ।  
कार्यक्रम निःबर्तमान अध्यक्ष लक्षमण खड्को अध्यक्षतामा र राजेन्द्र भुसालको संचालनमा सम्पन्न भएको हो ।