अर्घाखाँचीभर भोली कांग्रेसको नगर तथा गाउँपालिका अधिवेशन हुँदै, को-को उम्मेद्वार ?


लक्ष्मण घिमिरे 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । गत भदौ १८ गते वडा अधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसले नगर तथा गाउँपालिका अधिवेशनको तयारी तिव्र बनाएको छ । १४औं महाधिवेशन अन्तर्गत वडा सम्पन्न भईसकेको छ भने ९ गते (शनिवार) नगर तथा गाउँपालिका अधिवेशनको तयारी गरेको छ । क्षेत्र र जिल्ला अधिवेशन भने दँसैं अँगाडी गर्न नसकिने भन्दै स्थगित गरिएको छ ।
अर्घाखाँची सहित ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ । शनिवार अर्घाखाँचीका ६ स्थानियतहमा निर्वाचन हुँदैछ । जिल्लाको सन्धिखर्क नगरपालिका, भुमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकामा ९ गते निर्वाचन हुँदैछ ।हालसम्म सन्धिखर्क नगरपालिकामा ३ जना, भुमिकास्थान नगरपालिकामा २ जना, शितगंगा नगरपालिकामा ३ जना, पाणिनी गाउँपालिकामा ३ जना, मालारानी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा ४ जनाको सभापतीमा दावा गरेका छन् ।
पालिकाहरुको अवस्था

सन्धिखर्क नगरपालिकामा बाबुराम भुसाल, बिष्णुप्रसाद भुसाल र लिलाधर बस्यालले उम्मेद्वारी घोषणा गरेका छन् । तिन जनाले उम्मेद्वारी घोषणा गरेका र सहमतीमा नगर सभापती बनाउन पहल भईरहेको नगर संयोजक विनोद आचार्यले जानकारी दिए । सहमती हुने सम्भावना कम भएपनी आफुहरुले प्रयास जारी राखेको उनको भनाई छ । उम्मेद्वारी दर्ता गरेपछी पनी मनोनयन फिर्ता लिनेबेला सम्म सबै सम्भावना कायमै रहेको छ । १२ वडा रहेको नगर भित्र २९५ क्षेत्रिय प्रतिनिधी छन् । क्षेत्रिय प्रतिनिधीले मतदान मार्फत अध्यक्ष चुन्नेछन् ।
भुमिकास्थान नगरपालिकामा हाल कांग्रेस नगर संयोजक रहेका खिमकुमार श्रेष्ठ ‘अशोक’ र नगरपालिका उपप्रमुख खडानन्द बेल्वासे बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुवैले मैदान नछोड्ने उद्घोष गरिसकेका छन् । हाल नगर संयोजक रहेका श्रेष्ठले सहमतीको कुनै सम्भावना नरहेको बताए । उनले बेल्वासेले उम्मेद्वारी फिर्ता लिए सहमती हुने तर आफु कुनैपनी हालतमा ब्याक नहुने बताए । नगर सभापतीमा दुई जना मात्र उम्मेद्वार भएको भुमिकास्थानका १० वटा वडामा १८७ क्षेत्रीय प्रतिनिधी रहेका छन् । त्यसमध्ये पनी १० नम्बर वडा (धनचौर)मा क्षेत्रिय प्रतिनिधीमा विवाद छ । विवाद कायमै रहे त्यहाँका १५ जना प्रतिनिधी घट्ने छन ।
शितगंगा नगरपालिकामा सभापतीमा तिन जनाले रुची देखाएका छन् । हाल नगर संयोजक रहेका मोती बेल्वासे, नारायण सिंह बेल्वासे र मोहन पन्थीले नगर सभापतीमा दावा गर्दै आएका छन् । देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिकामा १४ वडा रहेका छन् । त्यहाँ २५६ क्षेत्रिय प्रतिनिधीले सभापती चयन गर्नेछन् । नगर संयोजक बेल्वासेले सहमतीको सम्भावना पनी उत्तिकै रहेको बताएका छन् । असम्भव केही नरहेको भन्दै उनले निर्वाचन प्रक्रिया सुरु हुँदासम्म सबै ढोका खुल्ला रहेको बताए ।
पाणिनी गाउँपालिकामा पनी तिन जनाले आफुलाई पालिका सभापतीको रुपमा प्रस्तुत गरेका छन् । हालसम्म सुरेन्द्रराज पोख्रेल, तुल्सी पौडेल र सालिकराम घिमिरेले पालिका सभापतीमा उम्मेद्वारी घोषणा गरेका छन् । पालिका संयोजक विष्णु अर्यालले सहमतीका लागी प्रयास भईरहेको बताए । उम्मेद्वारहरु आआफ्नै तरिकाले तयारीमा लागेको र नतिजा आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेको उनले जानकारी दिए । ८ वडा रहेको पाणिनीमा २२६ क्षेत्रिय प्रतिनिधी रहेका छन् ।
मालारानी गाउँपालिकामा दुर्गाप्रसाद खनाल, राजेन्द्र विक र गोपाल जिसीले उम्मेद्वारी घोषणा गरेका छन् । पालिका संयोजक शोभाखर खनालले हालसम्म तिन जनाको चर्चा सुनेपनी उम्मेद्वारी दिंदा कती जनाको उम्मेद्वारी पर्ने भन्नेमा आफु जानकार नभएको बताए । सहमतीमा सभापती चयन गर्न कार्यदल गठन भएको र छिटै केही निस्कर्ष निस्कने उनले जानकारी दिए । ९ वडा रहेको मालारानीमा १८४ क्षेत्रिय प्रतिनिधीले पालिकामा मतदान गर्नेछन् ।
छत्रदेव गाउँपालिकामा सबैभन्दा धेरै चार जनाको पालिका सभापतीमा चर्चा चलेको छ । बाकृष्ण पोख्रेल, प्रकाशचन्द्र भट्टराई, शोभाखर न्यौपाने र प्रकाशराज पन्थीले पालिका सभापतीमा उम्मेद्वारी घोंषणा गरेका छन् । उम्मेद्वारहरुले आआफ्नो तयारी तिव्र बनाएका हाल पालिका संयोजक रहेका बाकृष्ण पोख्रेलले जानकारी दिए । यद्दपी राजनितीमा असंभव केही नभएकाले सहमतीको वातावरण बन्न सक्ने उनले बताए । ८ वडा रहेको छत्रदेवमा २५९ क्षेत्रिय प्रतिनिधी रहेका छन् ।
शनिवार हुने नगर तथा गाउँपालिका निर्वाचनमा हालसम्म १८ जनाको नाम चर्चामा आएको छ । ६१ वडाका १४ सय भन्दा धेरै क्षेत्रिय प्रतिनिधी मतदानमा सहभागी हुनेछन् । एकातिर कांग्रेसलाई अधिवेशन गराउनु पर्ने बाध्यता छ भने अर्कोतर्फ स्थानियतहको निर्वाचन नजिकिएका बेला आन्तरिक निर्वाचनको परिणामले निम्त्याउने मतभेदको डर छ । अधिवेशनमा फाटेका सम्बन्ध तुन्न कती समय लाग्ने हो? निश्चित छैन । सहमतीमा नेतृत्व चयन गर्न सके पार्टीलाई हित हुने अधिकांश प्रतिनिधीको राय छ ।
तर, गुटउपगुटका रेखा जिल्लास्तरसम्मै कोरिएकाले सबै ठाँउमा सहमती हुने सम्भावना छैन । जिल्ला र केन्द्रियस्तरका नेताको आश्रय पाएका उम्मेद्वारहरु पार्टी हित विपरित गतिविधीमा संलग्न रहेको प्रष्ट देख्न सकिन्छ । जिल्लाका कार्यकर्ता गुटउपगुटको शिकार हुँदै आएका छन् । दुरदराजमा संगठन जोगाएर बसेका आम कांग्रेसीजन यस्ता क्रियाकलापबाट पक्कै खुशी छैनन् । दुर्भाग्य ! जिल्ला र केन्द्रिय नेताहरुले तिनै दुरदराजमा संगठन जोगाएर बसेका नेता कार्यकर्तामाथी खेलवाड गर्दै आएका छन् ।
९ गते आगामी पाँच वर्षका लागी नेतृत्व चयन हुँदैछ । क्षेत्रिय प्रतिनिधीको मत र विजयी उम्मेद्वारको भुमिकाले कांग्रेस अर्घाखाँचीको भविष्य निर्धारण गर्नेछ ।