प्रकाश भण्डारी
चिदिका, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका १ चिदिकाको ठुलाखर्कमा साेलार लिफ्ट खानेपानी सन्चालनमा आएको छ ।
चिदिकाको ठुलाखर्कमा साेलार लिफ्ट खानेपानी सन्चालनमा आएको हो ।
संघिय खानेपानी अर्घाखाँची र मृत सन्जिवनीका साथै सनब्रिज सोलार नेपालको समझदारी भई योजना अगाडि बढेको थियो ।
करिव ४०० घरधुरी रहेकाे खानेपानी आयाेजनामा साेलारबाट पानी खाना पाउँदा स्थानियबासी खुशी भएका छन् । याे योजाना नेपाल कै सबैभन्दा ठुलाे साेलार लिफ्टिङ प्रोजेक्ट रहेकाे त्यस प्रोजेक्टका साइट मेनेजर प्रकाश भण्डारीले अर्घाखाँचीडट्कमलाई बताउनु भएको छ ।
साथै विद्युतको माध्यमबाट पानी खादा जनताले धेरै सास्ती बेहाेर्नु परेको त्यस खानेपानी आयाेजनाका सचिव मुक्नद ज्ञवालीले जानकारी दिनुभयो ।
यस खानेपानी आयाेजनाले गर्दा जनताले साेचे भन्दा राम्रो फाइदा लिने र जनतालाई स्वच्छ पानी बितरण गर्ने संघिय खानेपानी अर्घाखाँचीकाे लक्ष्य रहेको इन्जिनियर बिजय खरेलले अर्घाखाँचीडट्कमलाई बताउनु भएको छ ।