अर्घाखाँची अस्पतालमा शब राख्न दैनिक ५ सय रुपैयाँ शुल्क तिर्न पर्ने वाध्यता


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालले मरेको व्यक्तिको शब राख्न दैनिक ५ सय रुपैयाँ शुल्क लिएको छ । 
जिल्ला अस्पातलले मृतक शरीर धेरै दिन राख्न पर्ने अबस्थामा शब राख्न दैनिक ५ सय रुपैयाँ शुल्क लिदै आएको हो । यो शुल्क बरफमा राखे बापत हो । 
अर्घाखाँची अस्पतालमा अहिलेसम्म आफन्तले नबुझेका तथा लामो समय सनाखत नभएका व्यक्तिको शव लामो समय राख्न मिल्ने आधुनिक शव राख्न मिल्ने उपकरण अहिलेसम्म उपलब्ध छैन् । 
साथै अस्पतालमा शव खुला राख्दा सड्ने गनाउने तथा अस्पताल परिसरमा दुर्गन्धित भएको थियो, तर अहिले बरफमा राखे बापत एक दिन अर्थात २४ घण्टाको ५ सय रुपैयाँमा शुल्क लिईएको छ। 
उता जिल्लामा अहिलेसम्मा आधुनिक शव राख्ने उपकरणका लागि सम्बन्धित निकायको ध्यान पुगेको देखिदैन् । 
 जिल्ला अस्पताल अर्घाखाँचीमा अहिलेसम्म फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायतको सुविधा छैन् ।