अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेस अर्घाखाँची शाखाको नगर तथा गाउँपालिका अधिवेशन सम्पन्न भएको छ ।
जिल्लामा १४औं महाधिवेशन अन्तर्गत वार्ड अधिवेशन सम्पन्न भईसकेकोले आज शनिबार केन्द्रको निर्णय बमोजिम महाधिवेशन पालिका स्तरमा अधिवेशन सम्पन्न भएको हो । केही समयमा गणना हुँदैछ ।
जिल्लाका ६ वटा स्थानीय तह सन्धिखर्क नगरपालिका, भुमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकामा निर्वाचन भएको छ ।
निर्वाचन क्रममा निती नियम भन्दा बाहिर गएर गतिविधी गर्ने जो कै लाई कानुनी दायरामा लिइने नेपाली कांग्रेस जिल्ला पार्टी सभापति विष्णु प्रसाद खनाल ( मुस्कान)ले बताएका थिए ।
निर्वाचन समितीले तोकेको समय अवधिमा निर्वाचन सम्पन्न गर्नको लागि पालिका स्तरमा सोहि अनुसारका निर्वाचन अधिकृत र कर्मचारी खटाइएको थियो ।