अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल प्रहरी र नेपाली सेना बिच भैत्रीपूर्ण भलिबल खेल सम्पन्न भएको छ ।
सन्धिखर्कको इश्वरी बक्स गुल्म म्यालपोखरीको प्राङ्गणमा आज शनिबार नेपाल प्रहरी र नेपाली सेना बिच भैत्रीपूर्ण भलिबल खेल सम्पन्न भएको हो ।
“समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत सम्पन्न भैत्रीपूर्ण भलिबल खेलमा प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, इश्वरी बक्स गुल्मका सेनानी आदित्य सिलवाल, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्री, सशस्त्र प्रहरी बल ३६ नं. गुल्म अर्घाखाँचीका सशस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जन, राष्ट्रिय अनुसन्धान कार्यालय अर्घाखाँचीका प्रमुख विनय चर्तुवेदी लगयतको उपस्थिति रहेको थियो ।
नेपाल प्रहरी र नेपाली सेना बिच भएको मैत्रीपूर्ण भलिबल खेलमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टिमले २०-२५,२५-१४,२५-१८,२०-२५,१५-१२ सेटमा बिजय हासिल गरेको थियो ।