अर्घाखाँचीमा रिलायबल नेपालको अभिकर्ता आधारभुत तालिम सम्पन्न


केसब ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । रिलायबल नेपाल लाईफ ईन्सोरेन्स लिमिटेडको अभिकर्ता आधारभुत तालिम सन्धिखर्कमा सम्पन्न भएको छ । रिलायबल नेपालको अर्घाखाँची शाखा सञ्चालन भएसँगै आज असोज ९ गते (सनिवार) अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको हो ।
तालिममा जितपुर शाखाका प्रमुख राम प्रसाद अधिकारीले बिमा के हो ? बिमा कसरी गर्ने? बिमा किन गरीन्छ ? रिलायबल नेपाल ईन्सोरेन्सका फाईदा, रिलायबल नेपाल कस्तो इन्सोरेन्स हो?  लगायतका विषयमा सहभागीहरुलाई तालिम दिएका थिए । २०७४ साल देखि सञ्चालनमा आएको रिलायबल नेपालले छोटो समयमै सफलता हासिल गरेको उनले बताए । उनले यस बिमा कम्पनीमा उद्योगपतिहरु, बैंकहरु, व्यवसायीहरु लगायतका व्यक्तिहरु पनि आवद्ध रहेको बताए ।
यस्तै यस बिमा कम्पनीमा दशै, तिहार सुन चादिँ वर्षा उपहार योजना रहेको छ । यो सेवा २०७८/०६/०१ देखि २०७८/०७/३० सम्म रहेने जानकारी गराए । रिलायबल नेपाल अर्घाखाँची शाखा प्रमुखमा आशिष भुसाल रहेका छन् । तालिममा करिव ७०जना भन्दा बढीको सहभागी रहेको थियो ।
तालिमबाट धेरै कुरा सिकेको सहभागी सिर्जना भटराईले बताईन्  उनले भने “मलाई यस भन्दा पहिला बिमाको बारेमा जानकारी थिएन । मैले त बिमाले ठग्छन्, भाग्छन् , हामीलाई केहि फाईदा हुदैन भन्ने सोचेको थिए । आज सहभागी जनाएर बुझ्दा सबै त्यस्तो रहेनछ । बिमा सबैलाई आवश्यकता पर्दो रहेछ । ”