लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीका तिन गाउँपालिकामा नेपाली कांग्रेसले सर्वसहमत नेतृत्व चयन गरेको छ । जिल्लाको मालारानी गउँपालका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा सर्वसमत नेतृत्व चयन गरिएको हो । मालारानी गाउँपालिकाको सभापतीमा शोभाखर खनाल निर्विरोध चयन भएका छन् । जिल्ला सहसचिवमा उनको चर्चा चलेपनी उनी पालिकामा आएका हुन् । यस अँघी दुर्गाप्रसाद खनाल, राजेन्द्र विक र गोपाल जिसीले उम्मेद्वारी घोषणा गरेका थिए । एकले अर्कोलाई नस्विकार्ने अवस्था आएपछी शोभाखर खनाललाई अँघी सारिएको थियो । उनी निर्विरोध भएका हुन् ।
छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी निर्विरोध सभापती भएका छन् । बाकृष्ण पोख्रेल, प्रकाशचन्द्र भट्टराई, शोभाखर न्यौपाने र प्रकाशराज पन्थीले पालिका सभापतीमा उम्मेद्वारी घोंषणा गरेका थिए । चार जना उम्मेद्वारले सहमतीमा प्रकाशराज पन्थीलाई सभापतीमा चयन गरेका हुन् । यस्तै पाणिनी गउँपालिकामा तुल्सी पौडेल सर्वसहमत रुपमा निर्वाचित भएका छन् । सभापतीका प्रत्यासी सुरेन्द्रराज पोख्रेल र सालिकराम घिमिरेलाई सहमतीमा ल्याएपछी तुल्सी पौडेल निर्विरोध भएका हुन् ।
जिल्लाको सन्धिखर्क नगरपालिका र भुमिकास्थान नगरपालिकामा निर्वाचन भएको छ । सन्धिखर्कको नगर सभापतिमा लिलाधर बस्याललाई ३२ मतले पराजित गर्दै बाबुराम भुसाल निर्वाचित भएका छन् । तिन जना उम्मेद्वार रहेका सन्धिखर्कमा १५५ मत ल्याउँदै बाबुराम भुसालले विजयी प्राप्त गरेका हुन् । भुमिकास्थान नगरपालिकाको सभापतिमा खिमकुमार श्रेठलाई २७ मतले पराजित गर्दै खडानन्द बेल्वासे निर्वाचित भएका छन् । भुमिकास्थान नगरपालिकाको उपप्रमुख समेत रहेका बेल्वासेले १०३ मत प्राप्त गर्दै विजयी भएका हुन् । अन्य पदमा सहमती भएपनी सभापतीमा निर्वाचन भएको थियो ।
शितगंगा नगरपालिकामा भने आज निर्वाचन हुँदैछ । सहमती नहुने भएपछी आज निर्वाचन प्रक्रिया अँगाडी बढ्ने निर्वाचन मण्डलले जनाएको छ । मोती बेल्वासे, नारायणसिंह बेल्वासे र मोहन पन्थी नगरमा ईच्छुक देखिएका थिए । नारायणसिंह बेल्वासेले मोती बेल्वासेलाई समर्थन गरेपछी आज मोती बेल्वासे र मोहन पन्थीबिच निर्वाचन हुँदैछ ।