मैदानका दुई विपन्न विद्यार्थीलाई अष्ट्रेलियाबाट उपलब्ध गराईएको सहयोग रकम तथा शैक्षिक सामग्री हस्तान्तरण


डिआरजी सुमन 
मैदान, अर्घाखाँची आईतवार १० भदौ २०७८ ।    पाणिनी गाँउपालिका स्थित एक विपन्न परिवारका दुई जना विद्यार्थीलाई डिआरजीसुमन फ़ैन्स कल्व नेपाल मार्फ़त शैक्षिक सामग्री तथा नगद रकम एक औपचारिक कार्यक्रम विच हस्तान्तरण गरिएको छ ।
अष्ट्रेलियामा बसोबास गरिरहनु भएका नेपाल घर हेटौडा हुने समाजसेवी व्याक्तित्व लक्ष्मण अर्याल र लक्क्षिता अर्यालको छोरा Selwin Aryal को पाँचौ जन्मदिनका अवसरमा पाणिनि गाँउ पालिका ५,अर्घाखाँचीका दुईजना अतिविपन्न विद्यार्थीलाई शैक्षिक राहत सामग्री/रकम हस्तान्तरण गरिएको हो । 
पाणिनि गाँउ पालिका वडा नं ५ काफलवुटाका गुनाखर वेल्वासे हाल प्यारालाईसेस रोगवाट ग्रस्त हुदा घरमा आर्थिक अवस्था कमजोरभएको छ । उपचार चलिरहेको हुदा उपचार खर्च देखी घरखर्च सहित दुईजना विद्यार्थीको पढ़ाई ख़र्च जुटाउन कठिनाई छ ।
डिआरजी सुमन फ़ैन्स कल्व नेपाल मार्फ़त आयोजित राहत रक़म हस्तान्तरण कार्यक्रममा पाणिनि गाँउ पालिका वडा नं ५ का वडाअध्यक्ष जीवलाल घिमिरे,जनकल्याण आधारभूत विद्यालय का प्रधानाध्यापक रघुनाथ घिमिरे,डिआरजी सुमन फ़ैन्स कल्व नेपालकासचिवालय सदस्य नेत्र वहादुर नेपाली,झुमादेवी नमूना युवाकल्वका अध्यक्ष देव वहादुर जीसी ले २५ हज़ार नगद रकम र काँपीं,क़लम रझोल विद्यार्थीलाई हस्तान्तरण गर्नु भएको थियो । 
विपन्न विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले समाजसेवी व्याक्तित्व लक्षिता अर्याल र लक्क्षिता अर्यालले उपलब्ध गराएको नगद रु ३०हज़ार रकम पाणिनि गाँउ पालिका वडा नं ७ स्थायी घरभई हाल वैदेशिक रोज़गारको लागी मलेशियामा रहनु भएका हरी पाण्डे मार्फ़तडिआरजी सुमन फ़ैन्स कल्व नेपालका सचिवालय सदस्य चन्द्रमणी भट्टराईलाई उपलब्ध गराईएको थियो सोही रकम स्थानीयसमाजसेवी सहित जनप्रतिनिधीको रोहवरमा पिडितलाई उपलब्ध गराईएको छ ।
पाणिनि गाँउ पालिका ५ काफलवुटामा आयोजित राहत हस्तान्तरण कार्यक्रममा पाणिनि गाँउ पालिका वडा नं ५ का वडा अध्यक्षजीवलाल घिमिरे,जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक रघुनाथ घिमिरे,डिआरजी सुमन फ़ैन्स कल्वका सचिवालय सदस्यनेत्र नेपाली,झुमादेवी नमूना युवा कल्वका अध्यक्ष देव वहादुर जीसीले मन्तव्य राख्दै पिडित परिवार लाई राहत उपलब्ध गराउने अर्यालपरिवार लाई धन्यवाद दिनु भएको थियो । 
स्वतन्त्र पत्रकार डिआरजी सुमन को संचालनमा आयोजित कार्यक्रमको प्रमुख अथिति पाणिनि गाँउ पालिका ५ नं वडा अध्यक्ष जीवलालघिमिरे,विशिष्ट अतिथि जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक रघुनाथ घिमिरे,अथितीमा स्थानीय प्रेम घिमिरे,मेघराजघिमिरे,नेत्र वहादुर नेपाली,पितम्वर घिमिरे ,राजन परियार,अनिल परियार,विद्यार्थी पुनम वेल्वासे,चुरामणी वेल्वासे लगायतको उपस्थितिरहेको थियो । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु