हरिप्रसाद भुसाल
दुर्गाफाँट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समितिले तेस्रो पटक मेघराज पौडेलको अध्यक्षतामा स्थानीय कार्य समिती ग़ठन गरेको छ ।
जसको खुला उपाध्यक्षमा रामप्रसाद घिमीरे, समाबेसी उपाध्यक्ष गीता वागले, सचिव मेघनाथ गैरे, कोषाध्यक्ष पूजा न्याैपाने रहनु भएको छ भने सदस्यहरुमा क्रमश: काशीराज बेल्बासे, हेमन्त घिमीरे, बिष्णु घिमीरे, मैना रायमाझी, माधव पोखरेल, माधव अर्याल, माधव घिमिरे र प्रकाश भट्टराई रहेको १३ सदस्यीय कार्य समिति गठन भएको छ ।
त्यस्तै कार्य समितिलाई सल्लाह, सुझाव र मार्ग दर्शन गर्ने गरि गाउपलिकामा कार्यरत अधिकृत छैठौ शेषकान्त घिमिरे संयोजकत्वमा पीताम्बर पोखरेल र अर्थ कुमार चौधरी सदस्य रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
पाणिनी गाउँपालिका दुर्गफाटमा सम्पन्न कार्यक्रममा युनियनका अध्यक्ष शेषकान्त घिमिरे “ओशन”, उपाध्यक्ष माधव अर्याल लगयतका पदाधिकारीका साथै आधिकारिक ट्रेड युनियनका अध्यक्ष झविन्द्र खनाल लगायत अन्य पदाधिकारीहरु सहित केन्द्रीय सभा सदस्यहरु रुकेन्द्र पालुङ्गे, बिनोद कुँवर र आधिकारिक ट्रेड युनियनका कोषाध्यक्ष कृष्ण वर्मा समेतको उपस्थित रहेको थियो ।
कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष झविन्द्र खनालले ट्रेड युनियन र नेपाल निजामती कर्मचारी ट्युनियनका बरेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा नेपाल निजामति कर्मचारी यूनियन जिल्ला अध्यक्ष शेषकान्त घिमिरेले स्थानीय कार्य समिति गठनमा विशेष भूमिका खेल्ने पाणिनि गाउपालिकामा कार्यरत युनियनकर्मीहरु लगायत सम्पूर्ण पदाधिकारीहरुलाई विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमाे संचालन जिल्ला कार्य समितिका उपाध्यक्ष माधव अर्यालले गर्नु भएको थियो ।