केशबराज ज्ञवाली
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोट दुवारका कम्युनिस्ट कार्यकर्ता तथा समाजसेबी हुम बहादुर मुखियाको ४५ बर्षको उमेरमा निधन भएको छ ।
स्वर्गीय मुखिया बाल संगठनको पुर्व अध्यक्ष , मुखिया संघ अर्घाखाँचीको पुर्व जिल्ला सदस्य र ने .क .पा. एमालेको संगठित सदस्य रहि राजनितिमा सक्रिय रहदै आएका थिए । उनको आज १२ गते गच्छेखोला घाटमा दाहसंस्कार गरिएको छ ।
मुखियाको दाहसंस्कारमा नेकपा एमाले सचिवालय सदस्य श्रीकृष्ण भुसालले पाटिको झन्डा ओढाएर पार्टिका तर्फबाट अन्तिम श्रद्धाञ्जली दिएका थिए । दाह संस्कारका बेला नेकपा एमालेका नगर तथा जिल्ला स्तरिय नेताहरु , स्थानिय नेताहरु,समाजसेवी तथा अर्घाखाँचीडट्कममा प्रधान सम्पादक मेहर सिंह के .सी. सम्पादक सन्तोष के.सी लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।
४५ बर्षिय मुखिया निमोनिया रोगका कारण भैरहवा मेडिकल कलेजमा आठ दिनदेखि आइ. सि. यु. र भेन्टिलेटरमा उपचाररत थिए तर उनको स्वास्थमा सुधार नभएपछी अस्पतालले फिर्ता पठाइएको थियो । स्वार्गिय मुखियाका बुवा सहित श्रीमति र दुई छोरा छन् ।
“स्वर्गीय मुखिया प्रती अर्घाखाँची डट्कम परिवारको तर्फबाट हार्दिक श्रद्धा सुमन !!”