अर्घाखाँचीमा माओवादी केन्द्र निकट शिक्षक संगठनको कार्यालय बैठक सम्पन्न


श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीको कार्यालय बैठक शनिबार सम्पन्न भएको छ । 
बैठकले संगठनको जिल्ला परिषद् आगामी कार्तिक ६ गते सन्धिखर्कमा गर्ने निर्णय गरेको संगठनका जिल्ला अध्यक्ष युवराज भुसालले जानकारी दिनुभयो ।
संगठनका जिल्ला अध्यक्ष युबराज भुसालको अध्यक्षता, उपाध्यक्षद्धय माधवा भुसालको स्वागत मनतब्य र रुद्र खनालको सञ्चालनमा सम्पन्न बैठकमा संगठनका केन्द्रीय उपाध्यक्ष मान बहादुर पाण्डे,केन्द्रीय सदस्यहरु सुभाषचन्द्र बन्जाडे,प्रदेश सदस्यहरु बुद्धि मिश्र,धर्म खनाललगायतको उपस्थिति रहेको थियो । 
बैठकमा नेकपा ( माओवादी केन्द्र) का जिल्ला संयोजक ठाकुर कुमार बिकले समसामयिक बिषयबस्तुमा प्रशिक्षण मुलक मनतब्य राख्नुभएको मानबहादुर पाण्डेले बताउनुभयो ।