सन्धिखर्कमा दिगो र उचित रुपमा फोहोरमैला व्यवस्थापन सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न (तस्बिरहरु)



रुद्रमणी भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा दिगो र उचित रुपमा फोहोरमैला व्यवस्थापन गरि फोहोरलाई मोहरमा परिडत गर्न शहरी नमुना कार्यक्रम पालेटिङ्ग लागि प्रारम्भिक कार्यशाला गोष्ठी  सम्पन्न भएको छ ।
यु. यन. डि .पीको आर्थिक सहयोग र सृजनशिल एकीकृत दिगो बिकास समाजको आयोजाना र सन्धिखर्क नगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरलाई सरसफाइमा नमुना बनाउनको लागि यस सस्थाको महत्वपुर्ण भुमिका हुने बताए । उनले नगरलाई समुन्नत र सम्बृद्धि बनाउन सबै नागरिकको भुमिका महत्वपुर्ण हुने भएकाले त्यसमा टोल सुधार समितिले विशेष अग्रसरता लिनुपर्ने बताए ।
कार्यक्रममा उपप्रमुख ठाकुर बिक, प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, एकीकृत समाजबादीका प्रतिनिधि पुस्कर आचार्य, राष्ट्रीय जनमोर्चाका प्रतिनिधि जीब नारायण खनाल , उद्योग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ, सन्धिखर्क १ का वडा अध्यक्ष युवराज बन्जाडे, २ का अध्यक्ष मोतिजङ्ग रायमाझी, नेपाल पत्रकार महासंका कोषाध्यक्ष रुद्रमणि भुसाल, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष कुशल भुसाल, यु. यन. डि .पीका बिबेक शर्मा, टोलसुधार समितिका प्रेम नारायण भुसाल लगायतले मनतब्य राख्दै सृजनशिल एकीकृत दिगो बिकास समाजले फोहोरमैला ब्यवस्थापनमा सबैसग समन्वय गरि कामको गुणस्तरसगैँ पादर्शि रुपमा काम गर्न आग्रह गरेका थिए ।
कार्यक्रम सस्थाकि अध्यक्ष खिमा खनालको अध्यक्षता र हेमराज भुसालको संचालनमा सम्पन्न भएको हो ।