सन्धिखर्कको मदरल्याण्ड ईङ्लिस बोर्डिङ स्कुलमा जलवायु परिवर्तन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न


हरि प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको मदरल्याण्ड ईङ्लिस बोर्डिङ स्कुलमा जलवायु परिवर्तन सम्बन्धी  २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। 
बिश्व जलवायु परिवर्तन सम्बन्धी परियोजनामा नेपाल बाट १० बिधालय  मध्ये  मदरल्याण्ड ईङ्लिस बोर्डिङ स्कुलमा  २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।  अश्विन १३ र १४ गते सम्पन्न भएको थियाे ।
दुई दिने कार्यशालाको लागि काठमाण्डौ बाट आएकाे ४ जना प्रशिक्षककाे टाेलीलाई बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।
इङेज नेपाल विथ साइन्सले सृजनालय र रिसर्च इस्टिट्युट अफ बायो साइन्स एन्ड बायोटेक्नोलोजिको माध्यमबाट बिधालयले  गरेका विभिन्न सोध अनुसन्धानलाई कला द्वारा कसरी प्रस्तुत गर्न सकिन्छ, कसरी अन्तर्वार्ता लिन सकिन्छ भन्ने बारे कार्यक्रम गरेको  थियो। बिधालयले  गरेको कार्यको प्रगती बिवरणहरु पनि प्रस्तुत गरि  छ्लफल भएको थियो। यो कार्यक्रममा इको कमिटीका बिधार्थीसङ्गै स्कुलमा छुट्टै उत्साह छाएको थियो। 
देशैभरी बाट जलबायु परिवर्तन सम्वन्धि फिल्म उत्कृष्ट भए पछि इङेज नेपाल विथ साइन्सले कोप २६ मा प्रस्तुत गर्नको लागि वृतचित्र बनाउनको लागि मदरल्याण्डलाई छ्नोट गरेको थियो । जुन बृतचित्र कार्यशाला जारी रहेकै बेला स्कुलमै आएर छायांकन समेत गरिएकाे थियो।
यस कार्यक्रमले आफुहरुकाे बिद्यालयका बिद्यार्थीको हरुको चौतर्फी बिकास र बिद्यालयलाई पनि विभिन्न कार्यक्रम गर्न प्रोत्साहन गरेको र कोप २६ को लागि पनि बिधालय तह देखि भएको कामले आफुहरु उत्साहित भएकाे बिद्यालयका प्रिन्सिपल सागर पाँडेले जानकारी दिनुभयो। 
यस परियोजनाको मुख्य उदेश्य स्कटल्याण्ड र नेपालको बिद्यालयले सहकार्य गरेर जलबायु परिवर्तनको बारेमा गरेर सोध अनुसन्धान गरेका कुरालाई बिश्व सामु  पुर्याउनु थियो ।
स्कटल्यान्डमा इङेज नेपाल विथ साइन्सलाई जन्माएर विभिन्न स्कुलमा कार्यक्रम गर्न प्रोत्साहन गर्ने डा. अबाड अल्बा फर्नान्डेजलाई विद्यालयले बिशेष  धन्यबाद समेत दिएको छ । जलवायु परिवर्तनको समस्या कुनै एक बिशेष ठाउको मात्र समस्या होइन, यो बिश्वब्यापी समस्या हो। यसपाली हुन गईरहेको बिश्व जलबायु परिवर्तन सम्बन्धी सम्मेलन कोप २६ स्क्टल्यान्डको ग्लास्गोमा हुन गइ रहेको छ। नेपालबाट प्रतिनिधित्व गर्नको लागि बिद्यालय तहबाट सचेतना जगाउन र कार्य गर्न इङेज नेपाल विथ साइन्सले भुमिका खेलेको छ।