अर्घाखाँचीमा १२ औ राष्ट्रिय जनगणनाका २०७८ अन्तरगत पहिलो सूचीकरण कार्य सम्पन्न


दिपेन्द्र पौडेल 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा १२ औ राष्ट्रिय जनगणनाका २०७८ मा आम जनताको  उल्लेखनीय  चासो तथा  सहयोग भावका साथ  पहिलो  सूचीकरण  कार्य सम्पन्न भएको छ ।
राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण भाद्र ३० देखि शुरु भएको थियोे घर तथा घरपरिवार सूचीकरण कार्यको  प्रहिलो  चरण  आज असोज १८ गते निर्धारित समय सकिएता पनी सूचीकरण कार्य  सम्पन्न हुन  अझै  केहि  दिन लाग्न सक्छ एक सुपरिवेक्ष ले बताए  भैगोलिक कठिनाइ  र प्रयाप्त  जनशक्ति  परिचालन  नगरियको ले अझै केही दिन लाग्नसक्छ उनले भने ।
स्थानीय  हरुले अहिलेको जनगणना मा उल्लेखनीय  सहयोग  गरेका छ्न   जनगणना प्रती चासो ब्याक्त गरेका छ्न स्थानीय ले सहयोग  र चासो दिएकोले वास्तविक तथ्यांक आउने आशा गरिएको छ ।
सुपरिवेक्षकलाई घर तथा घरपरिवार सुचिकरण फारम भर्ने, मोबाइल एपमा दैनिक कामको विवरण भर्ने, कृषि उतार फारम भर्ने, घरपरिवार उतार सुचिकरण फारम भर्ने, सामुदायिक प्रश्नावली भर्ने र गणकको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।
दोस्रो चरणमा हुने मुख्य जनगणना कार्य आगामी कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र सम्पन्न हुनेछ । त्यसनिम्ति देस भर  ४० हजार गणक थपिने छन् भने अर्घाखाँचीमा  करिब  ३०० गणक परिचालन हुनेछ्न सुपरिवेक्षक र कर्मचारीसमेत साथै रहने जनाइएको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित सुरु भएको जनगणनामा समाजका सबै  आम जनता सहभागिता भै विवरण  दिनुहुन अनुरोध   गरेको छ ।