अर्घाखाँचीमा ६६ औं प्रहरी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो (भिडियो फोटो सहित)
आश्विन २० गते, २०७८ मा प्रकाशित
बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ६६ औं प्रहरी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा बुधवार सन्धिखर्कमा ६६ औं प्रहरी दिवस एक भव्य समारोहका बीच मनाएको हो ।
यस्तै ६६ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रहरी निरिक्षक गणेश खनाललाई नगदसहित सम्मान गरेको छ । जिल्लामा बुधबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट कार्य गरेबापत निरिक्षक खनाललाई सम्मान गरिएको हो । निरिक्षक खनालका साथै पूर्व प्रहरीका परिवारलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा कार्यक्रममा प्रहरी चौकीका लागि जग्गा उपलब्ध गराउने पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमसमेत सम्मानित भएका छन् ।
उक्त कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल,जिल्ला समन्वय प्रमुख पिताम्बर भुसाल,नेपाली काँग्रेसका सभापति विष्णु खनाल, माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार विक,नेकपा एककिृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, एमालेका जिल्ला सचिव तोज बहादुर रायमाझी, सन्धिखर्क सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल,पाणिनी गाउँवालिकाका अध्यक्ष अच्युत गौतम,जिल्लाका सुरक्षा निकायका प्रमुखहरु,जिल्ला समन्वय प्रमुख लक्ष्मी अधिकारी,सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी नारायण अर्याल लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
सो अवसरमा आयोजित खेलकुद प्रतियोगितका विजेताहरुलाई पुरस्कार वितरण गरियो । कार्यक्रम जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नयाब उपरिक्षकको अम्बर बहादुर थापाको अध्यक्षता,प्रहरी निरिक्षक गणेश खनालको स्वागत तथा प्रहरी निरिक्षक सुजन शाहको सञ्चालनमा सम्पन्न भएको थियो ।