अर्घाखाँचीमा आज बुधवार ६ जनाले कोरोना जिते, ९ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १०६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४२  जना, भूमिकास्थान नगरपालिकामा ४   जना,  शितगंगा नगरपालिकामा १ जना,  मालारानी गाउँपालिकामा १०,   पाणिनी गाउँपालिकामा ४६   र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४३२६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८९६   जना, भूमिकास्थान नगरपालिकामा ७३५ जना,     शितगंगा नगरपालिकामा ४३४ जना,       मालारानी गाउँपालिकामा ५४२   जना,  पाणिनी गाउँपालिकामा ४२२  जना  र छत्रदेव गाउँपालिकामा २९७  जना संक्रमित रहेका छन् ।   
साथै जिल्लामा पछिल्लो २४ घण्टामा ६ जनाले कोरोना जितेका छन् ।   जिल्लामा गत वर्षदेखि आजसम्म  ४१३८ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १८२७  जना, भूमिकास्थान नगरपालिकामा ७१६  जना,  शितगंगा नगरपालिकामा ४२० जना,   मालारानी गाउँपालिकामा ५१९ जना,    पाणिनी गाउँपालिकामा ३६७ जना   र छत्रदेव गाउँपालिकामा २८९   जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८२ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित रहेका छन् ।
बुधवारको कोरोना विवरण यस्तो छ: