अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले जिल्लाको सदरमुकाम सन्धिखर्कमा तीन बुदे सहमती कार्यान्वयन,सम्पुर्ण राजबन्दीको रिहाईको लागी बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।
बिरोध प्रदर्शन पछिको कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले तिन बुदे सहमती कार्यान्वयन मा बर्तमान सरकारले कुनै ध्यान नदिएको बताएका थिए कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला सदस्य चिन्तनले सरकार र आफ्नो पार्टी बिच भएको तिन बुदे सहमती इमानदारीपूर्वक कार्यान्वयन गर्न माग गदै आफुहरु इमानदारीपूर्वक सहमती अनुसार अघि बढेको तर राज्य सहमतीप्रती इमानदार नबनेको भन्दै सहमती अक्षरंस पालना गरि सम्पुर्ण राजबन्दी रिहाई नगरे आफुहरुले कडा संघर्ष गर्ने बताए ।
यस्तै कोणसभालाई सम्बोधन गर्दै नेकपा जिल्ला सदस्य नविनले तीन बुदे सहमति उल्लंघन गरेर आफुहरु संग भएको सहमतिलाई कार्यान्वयन नगरे देश युद्धको भुमरीमा फस्ने नेता खड्काले बताए कोणसभाको सहजीकरण अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बाबुराम नेपालीले गरेका थिए ।