अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा अब लोडसेडिङ सदाका लागि अन्त्य हुने भएको छ ।
अर्घाखाँची वितरण केन्द्रका प्रमुख किरण खनाल ।
जिल्लाको फुदवाङमा सबस्टेशन सन्चालन हुन लागेकोले अब दीर्घकालीन लोडसेडिङ सदाका लागि अन्त्य हुने भएको हो ।
जिल्लाभर विधुत विस्तार, सबस्टेशनहरु निर्माण, विभिन्न ठाउँमा ट्रान्सफर्मर अपग्रेड गर्ने र नयाँ पोल फेर्ने लगायत दर्जनौ काम उप्डेट लगायत दर्जनौ व्यापक उपलब्धिहरु भएका छन् ।
नेपाल विधुत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रका प्रमुख किरण खनालका अनुसार आर्थिक वर्ष ०७७ पौषदेखि ०७८ असोजसम्म जिल्लामा दीर्घकालीन रुपमा लाइन ट्रिपिंगको समस्या समाधान गर्ने गरी व्यापक उपलब्धिहरु हासिल भएको छ ।
विधुत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रमा वर्ष २०७७ पौष १३ गते सोमवार
गत वर्ष २०७७ पौष १३ गते सोमवार प्रमुख भएर विधुत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रमा आएपछि खनाल आफुले हासिल गरेका उपलब्धिहरु सार्वजनिक गरेका छन् ।
केन्द्रका प्रमुख किरण खनालले सार्वजनिक गरेका १६ उपलब्धिहरु यस्ता छन् :-
१) वितरण केन्द्रमा आवश्यक जनशक्ति र लाइन निर्माण सामग्रीको उचित व्यवस्थापन गरेको छ ।
२) बिजुली आपूर्ति विश्वसनीय बनाउने उद्देश्यले दुर्गाफाँट ३३/११ के. भि. शबस्टेसन सन्चालन गरि नयाँ दुई फिडरको सञ्चालन गरेको छ ।
३) ग्राहक वर्गमा मिटरको अभाव हुन नदिएको साथै करिव २००० ग्राहक संख्या वृद्धि गर्न सफल भएको छ ।
४) सम्पूर्ण थ्री फेज ग्राहकलाई समयमा टिओडी मिटर तथा स्मार्ट मिटर सहज तरिकाले उपलब्ध गराएको छ ।
५) सम्पूर्ण फिडरको जिआई आधारित एसएलडी तयार भएको छ ।
६) वितरण केन्द्रको वास्तविक लस प्रतिशत यकिन गरि आर्थिक वर्ष ०७७/७८ मा नोक्सान लक्ष्य ५% दिइएकोमा ४.२३% कायम गर्न सफल भएको छ ।
७) आर्थिक वर्ष ०७७/७८ मा व्यापक ला. का. गरि डेडिकेटेड समेत गरि संचयी संग्रह करिब ९०% कायम गर्न सफल भएको छ ।
८) काठको जिर्ण पोल बदली गर्न थप बजेटको ब्यबस्था गरि करिब ३००० पोल बदली गर्नको लागि ठेक्का भएकोले चालू आ.ब.मा सक्ने गरि काम तिब्र गतिमा भैरहेको छ ।
९) बितरण प्रणालीमा व्यापक सुधारको काम भैरहेको जस्ले गर्दा लाइन जाने आउने समस्या न्यूनीकरण हुँदै छ ।
१०) बिभिन्न ठाउँको बिधुतीकरणको लागि ठेक्का भएको साथै शितगङा नगरपालिकाको अधुरो सम्पन्न हुन बाके ठेक्का अन्तिम चरणमा रहेको छ ।
११) विगत एक बर्षमा कुनै प्रकारको विधुतिय दुर्घटना नभएको ।
१२) गत आ. व. मा वितरण ट्रान्सफर्मर जल्ने संख्या १० भन्दा कम नै रहेको ।
१३) २४ घन्टा नो लाईट सेवा सन्चालन गरेको छ ।
१४) ९ महिनामा १ विद्युतीय सामान र १० कामहरु गरि जम्मा ११ सिलबन्दी दरभाउपत्रबाट विधुतिकरणको कार्य गरेको।
१५) छिटैनै फुदबाग १३२/३३,३० एमभीए सबस्टेशन सन्चालन हुन लागेकोले अब दीर्घकालीन रुपमा अर्घाखाँचीको लाइन ट्रिपिंगको समस्या समाधान हुँदै ।
१६) अर्घाखाँची अस्पतालमा रहेको अक्सिजन प्लान्ट सन्चालनको लागि ट्रान्सर्फमर अपग्रेड गरि आबस्यक बिधुत सप्लाइको ब्यबस्था गरिएको छ ।
उता अन्य जिल्लाको तुलनामा विधुत प्राधिकरण अर्घाखाँचीमा पर्याप्त जनशक्ति र सुविधा नभएको देखिन्छ । निरन्तर परेको वर्षा, हुरीको कारण तथा कुनै कारणवश मर्मत गर्नु परेमा बाहेक जिल्लाभर अर्घाखाँची केन्द्रले विद्युत् आपूर्ति नियमित गर्दै आएको छ ।
यस्तै प्राधिकरणका कर्मचारीहरु वर्षा पहिरो तथा कोरोनाको जोखिम हुँदा हुँदै पनि दिनरात खटिएका छन् । त्यो माथि प्राधिकरणले लाईन अबरुद्द हुँदा, मर्मत गर्नु परेमा आफ्नो सामाजिक सन्जाल फेसबूकबाट नियमित उप्डेट, पुर्व सुचना जारी गर्दै आएको छ ।
साथै पछिल्लो समय दिदै आएको सेवाप्रति जिल्लाबासीहरुले विधुत प्राधिकरण अर्घाखाँची केन्द्रको सराहना गरेको देखिन्छ ।