अर्घाखाँचीडट्कम संवाददाता
न्यूदिल्ली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीका श्याम परियार भारतको बरेलीमा अज्ञात समुहबाट बिसालु पदार्थ सेवन गराई लुटिएपछि संपर्क बिहिन भएका छन् ।
नरपानीका ५० वर्षिय श्याम परियार दशैँका लागि न्यूदिल्लीदेखि नेपाल आउने क्रममा असोज १५ गते शुक्रबार बरेलीमा अज्ञात समुहबाट बिसालु पदार्थ सेवन गराई लुटिएपछि संपर्क बिहिन भएका हुन् ।
बरेलीमा अज्ञात समुहले परियारलाई बिसालु पदार्थ सेवन गराई उनिसँग भएको नगद, जिन्सी सामाग्री तथा मोबाईलसबै लुटेका दिल्लीबाट कमल थापाले अर्घाखाँचीडट्कमलाई बताए ।
उनी लुटिएपछि एकाएक बेपता भएका छन् । उनका दाई शंकर परियार दिल्लीमा छन् ।
साथै कसैले उनलाई देखेमा 8171023407 8279575200 WhatsApp No 9161878042मा संपर्क गर्न सकिने बताइएको छ ।