सन्धिखर्कमा निजामती कर्मचारीकाे शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न | संस्कृति जाेगाउनु सबैकाे दायित्व: घिमिरे


गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीकाे आयाेजनमा  नेपालीहरूकाे चाडपर्वकाे अवसरमा शुभकामना दान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले प्रदेश सचिवालय सदस्य रामजि प्रसाद घिमिरेले चाडपर्वले सबै नेपालीमा एकता कायम गर्ने काेषेदुङगा बनाेस भन्दै एैतिहासिक महत्त्व रहेका सस्कृतिलाइ जाेगाउनु हामी सबैकाे दायित्व भएकाे बताउनुभयाे । 
सस्कृतिकाे सरक्षण गरि देश विदेशमा चिनाउन सक्ने भन्दै पुर्व प्रधानमन्त्री केपि वलिले राम प्रचार गरि विश्व माझ चिनाउन खाेज्नु भएकाे बताउनुभयाे । 
नेपाल निजामती कर्मचारी सगठन कर्मचारीहरूकाे अगुवा सगठन भएकाे भन्दै सबै कर्मचारी एउटै छातामा अाएर अाफना अधिकार सुरक्षित गर्न सगठनलाइ साझा सगठनकाे रूपमा विकास गर्नुपर्ने बताउनुभयाे । कर्मचारीका वास्तविक समस्यालाइ समाधान गर्ने भन्दै मनाेगत कुराकाे पछाडि नलाग्न कर्मचारीलाई आग्रअ गर्नुभयाे । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु पाैडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख अम्मरबहादुर थापा,सगठनका केन्द्रीय सदस्य बलाराम मिश्र, प्रेस चाैतारी केन्द्रीय सदस्य शाेभाखर पन्थि, सिविए अध्यक्ष झविन्द्र खनाल,नेपाल पत्रकार महासघका अध्यक्ष अशाेक खनाल लगाएताले शुभकामना मन्तव्य राख्दै नेपालिहरूका पर्वलाई व्यवस्थित तथा मर्यादा सहितकाे  रूपमा मनाउ आग्रह गर्नुभएकाे थियाे । 
सगठन जिल्ला अध्यक्ष शिला प्राेखरेलकाे अध्यक्षता,सगठनका जिल्ला सदस्य सुर्वण खनालकाे सञ्चालन र सगठनका उपाध्यक्ष तुलसा श्रेष्ठकाे स्वागतमा कार्यक्रम सम्पन्न भएकाे हाे ।