डिआरजी सुमन
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची राष्ट्रीय युवाँ सँघ पाणिनी गाँउपालिका कमिटी अर्घाखााँचीको आयोजनामा भोलिदेखि संचालन हुने अन्तर वडास्तरिय खुल्ला भलिवल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएको छ ।
अर्घाखाँची जिल्लाको पुर्विय क्षेत्रमा अवस्थित पाणिनि गाँउपालिका एक पर्यटकिय महत्व बोकेको पालिका पनि हो । यस क्षेत्रमासुस्ताएको खेलकुद गतिविधिलाई उस्काउने साथै खेलाडि उत्पादनमा भुमिका निर्वाह गर्ने उद्येश्का साथ राष्ट्रका लागि खेलकुद स्वास्थ्यकालागि खेलकुद भन्ने नारा सहित राष्ट्रीय युवाँ सँघ पाणिनि गाँउपालिका कमिटि अर्घाखााँचीले भलिवल प्रतियोगिता संचालन गर्न लागेकोबताएको छ ।
खेल अवधिभर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै आवस्यक गतिविधि संचालन गर्न सबैखाले तयारि भएको बताउदै युवा सँघ पाणिनिकाअध्यक्ष बसन्त के.सि.ले ब्यावस्थापकिय पक्षमा कमजोरि हुन नदिने बताउनुभएको छ । खेल संयोजक भरत पुनले पनि खेलको प्राविधिककार्य ब्यावस्थापन उदाहरणिय बनाउन आफुहरु सक्रिय रहेको बताउनुभएको छ । प्रतियोगितामा सहभागिता जनाउन जिल्ला तथाजिल्ला बाहिर बाट पनि खेलाडि आउने आयोजकले बताएको छ तर खेलमा सहभागि हुने खेलाडि एउटा टिममा सहभागि हुन एउटैवडाभित्रको हुनुपर्ने भएपनि एउटै वडा बाट एकभन्दा बढि समुह सहभागि हुन सक्ने बताइएको छ । खेलको उद्धघाटन भोलि २४ गते बिहान१० बजे पुर्व उपप्रधानमन्त्रि टोप बहादुर रायमाझिले गर्नुहुने भएको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची