अर्घाखाँचीमा आज मंगलबार १२ जनाले कोरोना जिते, कोही पनि संक्रमित थपिएनन् ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ० जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ८८ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३८  जना, भूमिकास्थान नगरपालिकामा ८   जना,  शितगंगा नगरपालिकामा १ जना,  मालारानी गाउँपालिकामा ८,       पाणिनी गाउँपालिकामा ३०      र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४३६० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९१०  जना, भूमिकास्थान नगरपालिकामा ७४०  जना,     शितगंगा नगरपालिकामा ४३५ जना,       मालारानी गाउँपालिकामा ५४६    जना,  पाणिनी गाउँपालिकामा ४३१   जना  र छत्रदेव गाउँपालिकामा २९८  जना संक्रमित रहेका छन् ।   
साथै जिल्लामा पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना जितेका छन् ।   जिल्लामा गत वर्षदेखि आजसम्म  ४१८९ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १८४५  जना, भूमिकास्थान नगरपालिकामा ७१७  जना,  शितगंगा नगरपालिकामा ४२१ जना,   मालारानी गाउँपालिकामा ५२४ जना,    पाणिनी गाउँपालिकामा ३९१  जना   र छत्रदेव गाउँपालिकामा २९१   जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८३ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा १०   र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित रहेका छन् ।
मंगलबारको कोरोना विवरण यस्तो छ: