अमेरिका-दक्षिण कोरियाद्बारा संयुक्त सैनिक अभ्यासको आयोजना गर्ने




अमेरिकाले दक्षिण कोरियाको “चेवनान” नम्बरको सैनिक जहाज डुबेको घटनालगत्तै दक्षिण कोरियाली सेनासँग संयुक्त सैनिक अभ्यासको आयोजना गर्ने परियोजना रहेको अमेरिकी रक्षा मन्त्रालयले हिजो जनाएको छ।

 

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता ब्रमान विटमानले बोल्दै अमेरिकी नौ सेनाले दक्षिण कोरियाका सम्बन्धित् पक्षसँग छलफल गरी सो समुद्री क्षेत्रमा नाकाबन्दी गर्ने उद्देश्यले संयुक्त सैनिक अभ्यासको आयोजना गर्ने परियोजना रहेको बताउनुभएको छ। तर उहाँले यस अभ्यासको ठोस समय र सूचनाबारे जानकारी दिनुभएको छैन।