अर्घाखाँचीमा आज सोमबारको २ जनाले कोरोना जिते, ६ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ६  जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ७० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा ९ जना,  शितगंगा नगरपालिकामा १ जना,  मालारानी गाउँपालिकामा ९,      पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा २ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४३७४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९१७  जना, भूमिकास्थान नगरपालिकामा ७४३  जना,     शितगंगा नगरपालिकामा ४३५ जना,       मालारानी गाउँपालिकामा ५४९    जना,  पाणिनी गाउँपालिकामा ४३१   जना  र छत्रदेव गाउँपालिकामा २९९   जना संक्रमित रहेका छन् ।   
साथै जिल्लामा पछिल्लो २४ घण्टामा २ जनाले कोरोना जितेका छन् ।   जिल्लामा गत वर्षदेखि आजसम्म  ४२२० जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १८५९  जना, भूमिकास्थान नगरपालिकामा ७१९  जना,  शितगंगा नगरपालिकामा ४२१ जना,   मालारानी गाउँपालिकामा ५२६ जना,    पाणिनी गाउँपालिकामा ४०२  जना   र छत्रदेव गाउँपालिकामा २९३  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८४ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २८  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा १०   र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित रहेका छन् ।
सोमबारको कोरोना विवरण यस्तो छ: