विक्रम आचार्य | रातो प्रेस
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर -६ जुकेना स्थित दाङसिङ पल्लावारी टोल आश्विन ३१ गते देखि परेको वेमौसमी अविरल वर्षाका कारण पहिरो जाँदा आठ घर पुर्णरूपमा उच्च जोखिममा रहेको छ ।
पहिरो अहिले पनि चलिरहेको स्थानिय लोमलाल आचार्यको र स्थानिय दानवहादुर कुवरको एक/ एक गोठ पहिरोले बगायको पहिरो न रोकिएकोले थप क्षति हुन सक्ने स्थानिय बावुराम सापकोटाले बताउनु भयो ।
हाम्रो कहि कतै जग्गा नभयकोले भयको सम्पत्ति सबै पहिरोले बगायो रातिमा सुतेका छैनौ घर पनि कति वेला बगाउने हो भन्ने चिन्ता छ स्थानिय तोमलाल आचार्यले बताउनु भयो ।
“छोराहरू घरमा छैनन्, हामि बुढाबुढी भाग्न नि सक्दैनौ भयका वस्तु भाउ वारिमा लगेर राखेको छ डर लागि रहेको छ जानी ठाउ कहि छैन ।” स्थानिय दानबहादुर कुवरले गुनासो गर्नु भयो ।
दान वहादुर कुवर, वसन्त कुवर, तोमलाल आचार्य, रामु आचार्य, अंमर आचार्य, नारायण आचार्य, यमलाल आचार्य, यादब सापकोटाको घर गरि आठ घर पहिरोको उच्च जोखिम देखिएको छ ।
केही दिनदेखि परेको निरन्तर वर्षाका कारण घर नजिकै गएको पहिराले उच्च जोखिममा परेपछि सो क्षेत्रका बासिन्दा लाई अहिले घरमा रहेको धनमाल र आफु सुरक्षित रहन आग्रह गरेको र उनीहरुलाई सुरक्षित वासस्थानको लागि सबै मिलेर पहल गर्ने वडा नं. ६ का वडा अध्यक्ष ऋषि रेश्मीले बताउनु भयो ।
प्रहरी चौकी जलुकेमा जानाकारी आएको र स्थलगत अनुगगन गरि पिडितको उचित मुल्याङ्कन गरि राहतको लागि पहल गर्ने जलुके प्रहरी चौकी इन्चार्ज तीलकधारी यादवले बताउनु भयो ।