माधव खनाल
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । शिक्षामा सुधार ल्याउनुमा शिक्षक अभिभावक र बिद्यार्थीहरु बिच त्रिपक्षीय समन्वय हुनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन ।
मंगलबार बाल शिक्षा माध्यमिक विधालय भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ले आयोजना गरेको अभिभावक भेलामा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका थिए यसरी बोल्ने बक्ताहरुमा बाल शिक्षा माध्यमिक बिधालय भुमिकास्थान १ का बिधालय ब्यबस्थापन समितीका अध्यक्ष कासिराम गमाल शिक्षक अभिभावक संघका अध्यक्ष मेघराज खनाल बिधालयका प्रधानध्यापक युवराज खनाल आम्बोट आधारभुत बिधालय भुमिकास्थान १ का प्रधानध्यापक हिमलाल खनाल बाल शिक्षा माध्यमिक बिधालयका शिक्षक लक्ष्मण खनाल लगायतले उक्त भनाइ राखेका थिए ।
यसैबीच बिधालयले आजै स्वर्गीय चेतमान स्मृति प्रतिष्ठान द्वारा स्थापना गरिएको अक्षय कोषबाट आएको ब्याज मार्फत २०७७ सालको वार्षिक परिक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई पुरस्कार बितरण समेत गरेको थियो ।
त्यस्तै अभिभावक भेलाको अवसर पारी बिधालयले २०७६ असौज २ देखि २०७८ असार ३१ सम्मको बिधालयको आयब्याय प्रधानध्यापक युवराज खनालले प्रस्तुत गर्नुभएको थियो।
अभिभावक भेला बिधालय ब्यबस्थापन समितिको अध्यक्ष कासिराम गमालको अध्यक्षता शिक्षिका बिमला पोख्रेल खनालको स्वागत र शिक्षक चेतबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।