कृष्ण परियार
डेभा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । तिहार नजिकिदै जाँदा अर्घाखाँची जिल्लाका भुमिकास्थान नगरपालिकाका बजारहरुमा अनुगमन गर्न थालिएको छ। चाडबाडको समयमा बजारमा कालोबजारी हुने, पसलेले मनलाग्दी सामानहरुको मुल्य तोक्ने, मुल्य वृद्धि गर्ने भएकोले त्यस्तो कार्य रोक्नको लागि बजार अनुगमन गर्ने गरिएको अनुगमन समितीका संयोजक शाखा अधिकृत शंकर अधिकारीले बताए ।
स्थानीय सरकार, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, उद्योग संघ लगायतको समन्वयमा भुमिकास्थान नगरपालिकाका विभिन्न स्थानहरुमा अनुगमन गरिएको छ। धेरै जसो पसलहरुले मुल्य सुचीनै नराखिकनै दैनिक उपभोग्य सामाग्रीहरु बिक्री बिरतण गरेको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले बताए ।
तिहार अन्य चाडपर्व नजिकै सगै खाद्यवस्तुमा ठगी र महंगाईलाई सम्भावीत मध्यनजर गर्दै नगरले बजार अनुगमनलाई कडाईका साथ अँगाडी बढाएको नगर उपप्रमुख खडानन्द बेल्वासेले जानकारि दिनुभयो ।
बिहीबार नगरले वार्ड नम्बर-८ को चिउरामाटीको मैलिपोखराबाट सुरु भएको चेकिगं सुरसिग , वडा नम्बर-९ को ढिकुरा गैराकोट, डेभा खरेना हल्दे वार्ड नम्बर-१० को धारिचौर पाकु देउराली स्याङलाङ लगायतका बजारमा अनुगमन गरिएको छ। ५७ ओटा पसलमा अनुगमन गरिएकोमा ४५ पसलहरुलाई लिखित तथा १२ वटा पसललाई मौखिक सुझाव दिईएको बजार अनुगमन समितीका संयोजक शाखा अधिकृत शंकर अधिकारीले बताए ।
अनुगमनका क्रममा ३१ केजि सुजी आटा १०केजि पिरो भुजा तिन पोका चुरोट ३७ पोका सुर्ती ३ पोका भोला तिन पोका बिस्कुट २ पोका भुजा २ पोका सोमवोडि २०० mg डिडिटल सुन जोग्ने एक थान काटा लगायतका अखाद्य तथा लेभलिङ नगरिएका सामाग्री बरामद गरी नगरपालिकामा आइ नष्ट गरिएको छ । मुल्यसुची तथा होडिङ बोर्ड नराखिएका, दर्ता बिना सञ्चालनमा आएका र नविकरण नगरेका पसलहरुलाई ३५ दिन भित्र नियम पुरा गर्न निर्देशन समेत दिईएको छ ।
बजार अनुगमन समितीका संयोजक शाखा अधिकृत शंकर अधिकारी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी पोमनारायण कुँवर, चेम्बर अफ कमर्सका नगर सचिव केशव थापा, प्रहरी चौकि खिल्जीका प्रहरी इन्चार्ज सुर्यप्रसाद पन्थी, पत्रकार कृष्ण परियार लगायतको टोलीले अनुगमन गरेको हो ।
बजारमा चाडबाडका बेला हुने कालोबजारीलाई नियन्त्रण गर्नका लागि नगरपालिकाले आफै बजार क्षेत्रमा अनुगमनको कार्यलाई तिव्रता दिएको हो ।