नुवाकोटको पोखेडाँडामा एमाले भुमिकास्थान नगर कमिटीको वैठक विभिन्न निर्णय गर्दै सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नुवाकोटको पोखेडाँडामा  नेपाल कम्युनिष्ष्ट पार्टी (एमाले) प्रथम  नगर अधिवेशनबाट निर्वाचित भूमिकास्थान नगर  कमिटीको पहिलो वैठक विभिन निर्णय गर्दै सम्पन्न भएको छ ।
नगर कमिटीको वैठकले प्रथम अधिवेशनको समिक्षा गर्दै, विभिन्न विभाग, जनंसंगठनका इन्चार्ज र सह इनचार्ज, वडा इन्र्चाजहरुको जिम्मेवारी वाडफाड गरेको  छ । त्यस्तै पार्टी  सवै वडाहरुको वार्ड वैठक तथा जनसंगठनका नगर अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
वैठकले संगठन विभागको प्रमुखमा टामलाल भटराइ, स्कुल विभागको प्रमुखमा, मणि पौडेल, आर्थिक बिभागको प्रमुखमा, झुपलाल खनाल , प्रचार विभागको प्रमुखमा नारायण भुसाल, मजदुर बिभागमा खगेश्वर बञ्जाडे, सामान्य प्रसासन विभागमा ज्ञानु सारु, स्वास्थ्य विभागको प्रमु्खमा चिरन्जीवि खनाल, स्थानीय तह विभागको प्रमुखमा हुम वहादुर सिह ठकुरी, न्यायीक विभागको प्रमुखमा बशन्ता पौडेललाई विभागीय प्रमुखको जिम्मेवारी दिएको छ । त्यस्तै जनसंगठन तर्फ , अनेरास्ववियुको इन्चार्ज दिनेश वेल्वासे, अनेमसंघ बशन्ता पौडेल, किसान महासंघ, चुरामणि भण्डारी, नेपाल राष्टिय शिक्षक  संगठन टिका केसी, जनजाति टान वहादुर पुन , उत्पीडित जातिय मुक्ति समाज रुद्र विक, भुपु सैनिक तथा प्रहरीको इन्चार्जमा चन्द्र प्रसाद श्रेष्ठालाई इन्चार्जको जिम्मेवारी दिएको छ ।
त्यस्तै वैठकले सवै वडाका वडा इन्चार्जहरुको जिम्मेवारी बाडफाड गरेको छ । जसमा १ वडाको इन्चार्जमा पुनाराम भुसाल २ न. वडाको इन्चार्जमा भेषराज खनाल , ३ नं. नर वहादुर थापा, ४ नं. प्रकाश पौडेल, ५ नं.भवानी घ.म ६ नं. गोपाल बेल्वासे, ७ नं.मेघ वहानदुर थापा, ८ नं.बलाराम पौडेल, ९ नं.खेमराज चुदाली, र १० नं. इश्वरी प्रसाद मरासेनीलाई वडा इन्चार्जहरुको जिम्मेवारी दिएको नेकपा एमालेन नगर कमिटि सदस्य तथा प्रचार विभाग प्रमुख नारायण भुसालले जानकारी दिनुभयो ।
नगर कमिटिको वैठकले पार्टिको विधान बमोजिम नगर अधिवेशनकोका प्रतिनिधिहरुलाई नगर प्रतिनिधि परिषदको रुपमा कायम राख्ने र सवै वडाहरुको वैठक यहि  कार्तिक  १७ गतेसम्म सम्पन्न गर्ने  निर्णय गरेको छ ।
वैठकका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला सचिव तोज वहादुर रायमाझीले  नवनिर्वाति कमिटीलाइ बधाइ दिदै आ आफनो जिम्मेवारीमा दृढताका साथ लाग्न निर्देशान दिनृुभयो ।
त्यस्तै वैठकका विशेष अतिथि नेकपा एमाले जिल्ला कमिटि उप-सचिव प्रेम नारायाण गैरेले मुलुकको विकास र समृद्धको संवाहक नेकपा एमले नै भएको र आगामी स्थानीय , प्रदेश र संघीय निर्वाचमा एमालेलाई विजय गराउन आम नागरिकको मन जित्ने गरि आ आफनो कार्यक्षेत्रमा खटनको लागि दिर्देशन दिनुभयो ।
वैठकमा नगर कमिटीका इन्चार्ज खगिश्वर पन्थी, भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा, लगाएतले मन्तव्य राख्नुभएको थियो । वैठकमा  नेकपा एमाले जिल्ला कमिटी  सदस्य जनकलाल गैरे, राजकुमार श्रेष्ठको आथित्यता रहेको थियो । 
कमिटि वैठक नगर कमिटि अध्यक्ष मणि पौडेडको अध्यक्षता, सचिव टामलाल भटराइको सञ्चाल र उपाध्यक्ष चिरन्जीवबि खनालको स्वागत मन्तव्यमा सम्पन्न भएको नगर कमिटिका सदस्य तथा प्रचार विभाग प्रमुख नारायण भुसालले जानकरी दिनुभयो । 

अन्य समाचारहरु