ढाकावाङमा राष्ट्रिय जनमोर्चाबाट २०५४ सालमा निर्वाचित वार्ड सदस्य विन बहादुर नेपालीको निधन


माधव खनाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङमा राष्ट्रिय जनमोर्चाका जेष्ठ सदस्य तथा सक्रिय कार्यकर्ता एवंमा २०५४ सालको स्थानीय निर्वाचनमा साविक ढाकावाङ्ग ६ वाट निर्वाचित वार्ड सदस्य  विन बहादुर नेपालीको शनिबार निधन भएको छ । 
बुटवलमा उपचाररत नेपालीको ७६ वर्षको उमेरमा निधन भएको थियो ।
स्वर्गीय नेपालिको पार्थिक शरीर बुटवलबाट भुमिकास्थान नगरपालिका वार्ड न १ को आफ्नै निवास राजिमेमा ल्याइ  आइतबार स्थानीय घाटमा स्वर्गीय नेपालीको पार्थिक शरीर माथी  राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज खनालले पार्टीको झण्डा ओडाइ शोक मन्तव्य राख्दै नेपालीको निधन ले आफू र आफ्नो पार्टिलाइ अतुलनीय क्षति पुगेको बताउनुभयो ।
अन्त्येष्टि कार्यक्रममा राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य भोजराज खनाल अखिल नेपाल किसान संघ (अफा)का ननुकान्त भुसाल जातिय समाता समाजका जिल्ला सदस्य राम बहादुर नेपाली राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ का सचीव नारायण खनाल भुमिकास्थान १ का वार्ड सदस्य गोपाल नेपाली नेकपा माओबादी केन्द्रका दुर्गाबहादुर कुवर लगायतले शोक मन्तव्य राख्नुभएको थियो ।

अन्य समाचारहरु